नेभिगेसन मेनु

नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै
सम्पादक:南亚网络电视
समय:2024-04-28 14:17

klp-09

वैशाख १६ गते । वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा  वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ रोेजेको हो । 

नेपाल आज बलियो वेस्ट इन्डिजविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिजमा २–० को अग्रता बनाउने लक्ष्यमा छ । यस्तै पाँच खेलको सिरिजमा वेस्ट इन्डिज पनि पहिलो जित निकाल्ने तयारीमा छ ।

पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दुई टोलीबिच तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ । 

नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि सिरिज खेलेको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर