नेभिगेसन मेनु

सामुदायिक विद्यालयमा आकर्षण
सम्पादक:南亚网络电视
समय:2024-04-28 14:11

edu-talim

वैशाख १६ गते । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ मा रहेको एक सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । स्थानीय पृथ्वीनारायण माध्यमिक विद्यालयमा चालु शैक्षिक वर्षबाट अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको हो ।

विद्यालयले सरोकारवालाहरूसँग छलफल गरेर पहिलो वर्ष कक्षा शिशु र कक्षा १ बाट अङ्ग्रेजी माध्यमको पठनपाठन सुरु गर्ने गरी भर्ना अभियान चलाएको छ ।

अङ्ग्रेजी माध्यममा पठनपाठन गर्दा अन्य विद्यालयले शुल्क लिएर पठनपाठन गराउने गरेकोमा सो विद्यालयले भने निःशुल्क रूपमा भर्नासहित अध्यापन गराउने कार्य सुरु गरेको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अजादले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक, शिक्षक र अभिभावकसमेतको सहयोगमा शिक्षालाई गाउँपालिकाको पहिलो प्राथमिकतामा राख्दै पृथ्वीनारायण माविमा अङ्ग्रेजी माध्यमको पठनपाठन गर्न सुरु गरेको बताउनुभयो । अङ्ग्रेजी माध्यमलाई थप आवश्यक सहयोग गर्ने अध्यक्ष अख्तरले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पृथ्वीनारायण माविलाई पालिकाकै नमुना विद्यालयका रूपमा विकास गर्दै क्रमशः पालिकाका सबै विद्यालयलाई अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयमा रूपान्तरण गर्दै जाने बताउनुभयो । उहाँले बालबालिकाका लागि गुणस्तरीय शिक्षामा सबै खाले सहयोग गर्नेसमेत बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर