नेभिगेसन मेनु

एक करोडको पत्रकार उपचार कोष स्थापना
सम्पादक:南亚网络电视
समय:2024-04-16 11:22

rastrapati1

पत्रकार महासंघ झापाले पत्रकारलाई आपत्–बिपतमा सहयोगका लागि एक करोड रुपियाँको अक्षयकोष बनाएको छ । पत्रकार तथा विभिन्न संस्था, ब्यक्तिको सहयोगमा एक करोडको उपचार कोष बनेको हो ।

उपचार कोषमा एक करोड रुपियाँ पुगेको घोषणा कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति रामवरण यादव झापा आउनुभएको पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बताउनुभयो । वि.सं २०७३ पुस १६ गते कोष घोषणा गरिएको थियो । पत्रकार महासंघ झापाका सदस्यले कोषमा सकेको रकम पनि जम्मा गर्दैआएका छन् ।

सुरुवातमा पत्रकार महासंंघले ४ लाख र नेपालको सबैभन्दा ठुलो सहकारी संस्था सहारा नेपालले पाँच लाख गरेर ९ लाख रुपियाँबाट कोष सुरुवात गरिएकोमा सात वर्षमा एक करोडको कोष निर्माण भएको गिरीले बताउनुभयो । यसमा धेरै दाताहरूको सहयोग रहेको बताइएको छ ।

राष्ट्र, राष्ट्रियतालाई सर्वोपरी ठानी सूचनाको हकको रक्षा गर्दै नागरिकको आवाज बुलन्द गरी सरकार, राजनीतिक दललगायत जिम्मेवार निकायलाई सकारात्मक परिवर्तनका लागि खबरदारी गरेर सञ्चारकर्ममा जीवन नै समर्पण गर्ने सञ्चारकर्मीले दुर्घटना तथा विभिन्न रोगबाट थलिएर उपचार खर्च अभावमा मृत्युवरण गर्ने अवस्था आउन नदिन कोष स्थापना गरिएको अध्यक्ष गिरीको भनाइ छ ।

कोषबाट पत्रकार दुर्घटनामा पर्दा, विभिन्न बिरामी भएर उपचार गर्दा, पत्रकारलाई विभिन्न प्रकारका आपत्-बिपत् पर्दा कोषको ब्याजबाट निरन्तर सहयोग पनि गरिदैआएको महासङ्घका सचिव डिकेश लामाले बताउनुभयो । दुर्घटना, एवम् आकस्मिकरुपमा लाग्ने रोगबाट पत्रकारलाई बचाउन कोषको व्यवस्था गरिएको लामाले उल्लेख गर्नुभयो ।

उपचार कोषको कार्यविधि बनाइएको छ । कार्यविधिअनुसार उपचार कोषको बेग्लै समिति बनाएर त्यसको सिफारिसमा सहयोग गरिँदैआएको पत्रकार महासंघ झापाका कोषाध्यक्ष रञ्जित प्रसाईँले बताउनुभयो । झापामा कोही पत्रकार बिरामी परेर उपचार नपाउने अवस्था अब आउँदैन, उहाँले भन्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर