नेभिगेसन मेनु

झापाका १३ वटा सहकारीमा चोरी गर्ने गिरोह पक्राउ
सम्पादक:南亚网络电视
समय:2024-04-22 11:39

WeChat Screenshot_20240421111211

वैशाख १० गते । झापामा नाटकीय रुपमा विभिन्न १३ वटा सहकारी संस्थामा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विभिन्न मिति र समयमा १३ वटा सहकारी संस्थामा भल्ट समेत फोरेर चोरी भएको थियो ।

मकवानपुरबाट आएका ६ जना व्यक्ति चोरीको घटनामा संलग्न रहेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनिहरुले जिल्लाका विभिन्न सहकारीहरुबाट ३० लाखभन्दा बढी रकम चोरी गरेका थिए । सुनसरीको इटहरीबाट प्रहरीले चोरीमा संलग्नहरुलाई पक्राउ गरेर झापा ल्याएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुन्सरीको सहकार्यमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फालेखका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २८ वर्षीय अजय रानामगर र २६ वर्षीय सुजन स्याङ्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनु भयो ।

सहकारी फोड्न प्रयोग भएका विभिन्न औजारहरु, मुख छोप्ने गम्छा, दुईवटा मोटरसाइकल सहित उनिहरुलाई पक्राउ गरिएको चन्दले जानकारी दिनु भयो । झापा जिल्ला अदालतबाट चोरी कसुरमा अनुसन्धानका लागि पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न सुरु गरिएको चन्दले बताउनु भयो ।

गत चैत २० गते राति गौरादह वडा नं. ५ मा एकैदिन तीन वटा सहकारी संस्थामा चोरी भएको थियो । स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानी झोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवाकेन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरि नगद चोरी भएपछि सहकारीका अगुवा तथा सञ्चालकहरुले घटनामा संलग्नहरुलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिदै आएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर