नेभिगेसन मेनु

सुनसरीको हरिनगर गाउँपालिकामा कर्फ्यु
सम्पादक:南亚网络电视
समय:2024-04-05 15:40

sunsari-1

चैत २३ गते । सुनसरीको सीमावर्ती हरिनगरा गाउँपालिकामा कर्फ्यु आदेश जारी भएको छ । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयलले बिहीबार भएको एक युवामाथिको सामूहिक आक्रमणको विषयलाई लिएर शुक्रबार बिहानैबाट भएको विरोध प्रदर्शनलाई ध्यानमा राखेर निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो ।

कामु प्रजिअ फुयाँलका अनुसार शुक्रबार मध्याह्न १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्यान १२ बजेटबाट तोकिएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन तथा कुनै पनि खालका क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) (१) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो ।

चैत २२ गते बिहीबार हरिनगरा गाउँपालिका ३ का जीवन मेहतामाथि भएको आक्रमण र त्यसपछिको असहज झडपको अवस्थालाई ध्यानमा राखेर शुक्रबार मध्याह्नबाट अनिश्चितकालीन कर्फ्यु जारी गरिएको कामु प्रजिअ फुयलले जानकारी दिनुभयो ।

फुयलका अनुसार हरिनगर गाउँपालिकाको १ देखि ७ नम्बर वडासम्म सबै र देवानगञ्ज गाउँपालिका १ मध्यहर्साही र देवानगञ्ज गाउँपालिका ७ राजगंज सिनुवारी सीमाक्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको हो ।

कर्फ्यु आदेश विपरीत भए गरिएको पाइएमा सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कारबाही समेत गर्न सकिने कामु प्रजिअ फुयलले जानकारी दिनुभयो ।

बिहीबार मुस्लिम युवाहरुको आक्रमणमा घाइते भएका हरिनगरा गाउँपालिका ३ का जीवन मेहताको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइहरेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार मेहताको अवस्था खतरामुक्त छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर