नेभिगेसन मेनु

राजतन्त्र चाहियो भन्नेसँग वार्ता हुँदैन : सञ्चारमन्त्री शर्मा
सम्पादक:南亚网络电视
समय:2024-04-11 11:41

rekha-sharma

चैत २८ गते । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजतन्त्र चाहियो भन्नेहरुसँग कुनै वार्ता नहुने बताउनुभएको छ । बुधबार प्रेस सेन्टर झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।

अहिले नै व्यावस्था बदल्ने बारेमा सोच्न पनि नसकिने उहाँले चर्चा गर्नुभयो । हामीले व्यावस्था बदलेका छौं, अबको आवश्यकता भनेको जनताको अवस्था बदल्ने हो । यस बारेमा हामी सबै मिलेर काम गर्नुपर्ने छ भन्नुहुँदै मन्त्री शर्माले थप्नुभयो, “राजतन्त्र र पञ्चायती व्यावस्था नभोगेका नेपाली नयाँ पिढीका युवालाई सो बेलाको पीडाबारेमा जानकारी गराउनुपर्ने हुन्छ ।” 

जनताको अपेक्षा पूरा गर्ने बाटोमा सरकारका काम कार्वाही हुनुपर्ने मन्त्री शर्माले बताउनुभयो । अब आउने बजेटले जनताको माग सम्बोधन गर्ने र समाजवादउन्मुख बजेट निर्माणमा सरकारको जोड रहने समेत शर्माले चर्चा गर्नुभयो । 

स्वदेशमा हुन लागेको लगानी सम्मेलनबाट विकास निर्माणलगायातको क्षेत्रमा काम गर्न सकिने भन्दै राजतन्त्र भोग्दा र गणतन्त्र भोग्दा के फरक छ भनेर जनतालाई जानकारी भइसकेको बताउनुभयो । गणतन्त्रविरुद्धमा अहिले नै विकल्प सोच्न नसकिने उहाँको भनाइ छ । 

पत्रकार सम्मेलनमा मन्त्री शर्माले सबै समस्याको हल संवाद र छलफलबाट सम्भव भए पनि राजतन्त्र ल्याउँछु भन्नेसँग वार्ता नहुने प्रष्ट पार्नुभयो । मन्त्री शर्माले पश्चगामी सोच र उद्देश्य प्रेरित आन्दोलनको कुनै अर्थ नहुने समेत बताउनुभयो । 

मन्त्री शर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डा र आन्दोलन पश्चगामी चरित्रको भएकाले त्यस्तो एजेन्डा बोकेर आन्दोलन गर्नेसँग सरकारले वार्ता नगर्ने प्रष्ट पार्नुभयो । तर अग्रगामी चेतनाका साथ सडकमा आउने, लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्ने छुट सबैलाई हुनेमा शंका नगर्न शर्माले आग्रह गर्नुभयो । 

मन्त्री शर्माले राजकीय पदको आडमा नियम कानुन मिच्ने छुट कसैलाई नहुने र गल्ती गर्नेहरु कारबाहीको दायरामा आउने उहाँले प्रष्ट पार्नुभयो । मन्त्री शर्माले   इलाममा जनाधार नभएर नभइ, सहकार्य र नयाँ सत्ता समीकरणलाई नयाँ शिराबाट अघि बढाउने दीर्घकालीन सोँच र योजनाका साथ नेकपा (माओवादी केन्द्र) ले उम्मेदवार नउठाएको बताउनुभयो । एमाले उम्मेदवारलाई नै सहयोग गर्ने पार्टीले निर्णय लिएको बताउनुभयो । 

‘सुवास नेम्वाङ सधैं राजनीतिक एकता र सहकार्यमा जोड दिइरहनु हुन्थ्यो, उहाँकै सम्मानमा पार्टीले नेम्बाङ्गपुत्र सुहाङलाई समर्थन गर्ने निर्णय गरेको हो’ मन्त्री शर्माले भन्नुभयो । गृहमन्त्री रवि लामिछानेलक्षित संसद र सडकमा भइरहेको विरोधलाई राजनीतिक पूर्वाग्रहको उहाँले संज्ञा दिनुभयो । 

मन्त्री शर्माले दूरसञ्चार, सुनकाण्ड, शरणार्थी प्रकरण, ललिता निवास, सहकारी काण्डमा दोषी देखिए सरकारले कसैलाई नछाड्ने बताउनुभयो । मन्त्री शर्माले मुलुकमा आमसञ्चार र सूचना प्रविधिलाई समेट्ने कानुन नै नभएकाले आफ्नो मन्त्रालय सो काममा जुटेको बताउनुभयो । बिहीबार  हुने क्याबिनेट बैठकमार्फत मिडिया काउन्सिल ऐन दर्ता प्रक्रिया अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो ।

नयाँ बन्ने मिडिया काउन्सिलले नयाँ मिडियालाई थप प्रोत्साहित गर्ने उहाँको भनाइ छ । साइबर सुरक्षा केन्द्र स्थापना र सामाजिक सञ्जाल निर्देशिका प्रस्तुत भइसकेको मन्त्री शर्माले बताउनुभयो । पत्रकार सम्मेलन प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर