नेभिगेसन मेनु

‘सहकारी क्षेत्र तहसनहस बनाउने षड्यन्त्र’
सम्पादक:南亚网络电视
समय:2024-04-04 12:57

Untitled-1 (1)

चैत २२ गते । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारी क्षेत्र तहसनहस बनाउन षड्यन्त्र भइरहेको भन्दै यसबाट जोगिएर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

देशको अर्थतन्त्रलाई घुँडा टेकाउने र मुलुकमा वित्तीय अराजकता पैदा गर्ने नियतका साथ अराजक गतिविधि भइरहेको भन्दै उहाँले यस्तो कार्यलाई निरुत्साहित गर्न सबै एक भएर लाग्न आग्रह गर्नुभयो । ६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले तीन खम्बामध्ये एउटा खम्बा अर्थात् सहकारी क्षेत्र विभिन्न अतिवादीको निसानामा परेको बताउनुभयो । सहकारी क्षेत्र तहसनहस बनाएर फाइदा लिन खोज्नेहरूविरुद्ध सचेत हुन उहाँले अनुरोध गर्नुभयो । “अहिले खम्बालाई ताछ्ने र बन्चरोले हान्ने काम भइरहेकाले सहकारी अगुवाहरूले टुलुटुलु हेरेर बस्नु हुँदैन,” उहाँले सुझाव दिनुभयो । 

“सहकारी बचाउने दायित्व सबैको हो र यसमा सरकार पनि लाग्छ,” उहाँले भन्नुभयो । सहकारी जनताको हितकारी संस्था भएकाले यसको अनिवार्यताका विषयमा जनतालाई बुझाउन सहकारी अगुवालाई मन्त्री गिरीले आग्रह गर्नुभयो ।

“सहकारीको ऋण तिर्नु पर्दैन भनेर भ्रम उत्पन्न गर्दा दुःख गरेर सहकारीका सदस्यले नै कमाएको बचत जोखिममा पर्ने भएकाले यस विषयमा गम्भीर हुनु पर्छ,” गिरीले भन्नुभयो । ऋण खाएकाहरूले ऋण नतिर्ने हो भने बचतकर्ताले बचत फिर्ता पाउन नसक्ने अवस्था आउँदा अवस्था भयावह बन्ने उहाँको भनाइ थियो । विसं २०१३ चैत २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिन स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाइन्छ । 

सहकारीमा करिब ७३ लाख बढी सदस्य, ९४ अर्ब सेयर पुँजी, पौने चार खर्ब ७८ अर्ब रुपियाँभन्दा बढी बचत र चार खर्ब २६ अर्ब रुपियाँभन्दा बढी ऋण परिचालन भएको छ । यस क्षेत्रले झन्डै ९४ हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको सहकारी महासङ्घले जनाएको छ । कुल गार्हस्थ उत्पादनमा तीन प्रतिशत र वित्तीय पहुँचमा करिब २० प्रतिशत योगदान सहकारीले गरेको बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर