नेभिगेसन मेनु

बाजी मार्ने कसरतमा उम्मेदवार, सुहाङ नै बलियो
सम्पादक:南亚网络电视
समय:2024-04-15 11:47

suhang

वैशाख २ गते । आइतबार इलाम चोक, बजारमा आइपुग्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापित स्वर्णिम वाग्लेले आफ्नो पार्टीको चुनाव चिन्ह्मा भोट खसाल्न स्थानीयलाई आग्रह गर्नूभयो । चोक बजारका हरेक पसल र त्यहाँका पसलेसँग वाग्लेले भोट माग्दा कसैले तपाईको पार्टीको चिन्हलाई भोट दिंदैनौं भनेनन् ।  

वाग्लेसँगै एकैछिन हिंड्दा यस पटक नयाँ उम्मेदवारलाई भोट दिने यहाँका सबैजसो पसलेहरुको मत देखियो । वाग्लेभन्दा पछिपछि रहेका रास्वपाका उम्मेदवार मिलन लिम्बूसँग हात मिलाउने र फोटो खिचाउने युवा, युवतीहरु उत्तिकै थिए । 

उम्मेद्वारी घोषणा भएलगतै आफूलाई भोट माग्दै इलाम चोक बजार पुगेका नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङलाई पनि यहाँका पसले र स्थानीयले त्यसरीनै स्वागत गरेका थिए । सबैले हात मिलाए, फोटो खिचाए, यस पटक नयाँ उम्मेदवार रोज्छौं भने, कसैले भोट दिंदैनौं भनेनन् । 

पार्टीबाट टिकट टुङ्गो लागेपछि उम्मद्वारको मनोनयन गर्नेदिन चोक बजारमै उम्मेदवारी घोषणा सभा गरेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पनि इलाम चोक बजारका मतदाताले त्यसै गरे । 

पहिचान पक्षधर डकेन्द्रसिंह थेगिम र जिल्ला बाहिरबाट आएका स्वतन्त्र उम्मेद्वारहरुलाई पनि  यहाँका मतदाताले भोट दिन्छौं भनेर विश्वस्त बनाए । तर, यसपटक कस्ले बाजी मार्ला भन्ने अनुमान लगाउन भने मुस्किल छ । यो क्षेत्रमा निर्वाचन जित्न उम्मेदवारले कम्तिमा ३० हजार भोट ल्याउनुपर्ने हुन्छ । 

२०७९ सालको निर्वाचनमा यो क्षेत्रमा एमाले नेता सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर विजयी हुनुभएको थियो । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौसय ६ मत ल्याउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाको एक हजार तीनसय ८० मत थियो । 

कांग्रेसका खड्काले ल्याएको मत तत्कालीन सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) लगायतको थियो । एमाले त्यसबेला एक्लै चुनाव लडेर एकसय १४ मतको अन्तरले गठबन्धनलाई जितेको थियो ।

त्यसबेला रुखमा भोट हालेको माओवादीले समानुपातिकमा पाँच हजार एकसय ५३ मत ल्याएको थियो । प्रत्यक्षमा रुखमै भोट हालेको नेकपा (एस) को समानुपातिकमा पाँचसय ८६ मत थियो । 

समानुपातिकतर्फ एमालेले २६ हजार पाँचसय ६२, कांग्रेसले २२ हजार तीनसय ३३ र रास्वपाले चार हजार छसय ८६ मत ल्याएको थियो । अघिल्लो निर्वाचनको यो मत परिणामलाई हेर्दा र अहिलेको मतदाताको मनसाय केलाउँदा अवस्था अलिक फरक देखिन्छ । 

अहिले कांग्रेस एक्लै चुनावी मैदानमा छ । कांग्रेससँग असन्तुष्ट कांग्रेसका गाउँदेखि जिल्ला तहका केही समर्थक अन्य उम्मेदवारलाई खुलेरै भोट माग्दै हिंडेका छन् । एमालेका उम्मेदवार सुहाङलाई अन्य कम्युनिष्ट दलको समर्थन छ । आउँदो निर्वाचनमा पहिलाजस्तै मत खस्ने हो भने माओवादीसँग गठबन्धन गरेको एमालेको मत कांग्रेसकोभन्दा पाँच हजार बढी हुनेछ । 

नेपाल कम्युनिस्ट पार्टी आफ्नो करिब दुई हजार मत भएको दाबी गर्छ । यता पहिचान पक्षधर नारा लिएर हिंडेका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई एमालेको केही मत जान्छ भन्ने कतिपयले अनुमान गर्नेगरेका छन् ।

पहिला एमालेमै रहेका थेगिमले जातीय भोट तान्न सक्ने अनुमान छ । पार्टीको भोट र अन्य दलहरुको साथ तथा अहिलेसम्मको अवस्था हेर्दा एमाले नै बलियो रहेको उम्मेदवार सुहाङको भनाइ छ । यता आफू पुरानो मान्छे र समाजसेवी भएकाले आफ्नो जित पक्का रहेको कांग्रेस उम्मेद्वार खड्काको दावी छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर