नेभिगेसन मेनु

तीनराउण्ड गोली हानेर हात्ती मारेको पुष्टि
सम्पादक:南亚网络电视
समय:2024-04-18 11:35

sdfh

वैशाख ६ गते । झापामा पहिलो पटक हात्तीलाई गोली हानेर मारी हात्तीका दारा र पुच्छरको रौँ लगेको बताइएको छ ।  मेचीनगर नगरपालिका वडा नं. ११ स्थित कालिका सामुदायिक वनभित्र मङ्गलवार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो । 

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कानको छेउमा गोली हानेको भेटिएको छ । हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले कान छेउको भागमा गोली हानेर हात्ती मारिएको हुनसक्छ । कहाँ गोली लाग्छ भनेर थाहा पाउने सिकारीको समूहले गोली हानेको देखिन्छ, उहाँले भन्नुभयो । तीन राउन्ड गोली हानेर हात्ती मारेको पाइएको उहाँले जनाउनु भएको छ ।

हात्तीको शरीरबाट गोली निकाल्न नसकिएको पनि उहाँले जानकारी दिनु भयो । धेरै भित्र गोली पसेकाले झिक्न सकिएन, राईले भन्नभयो । कुन बन्दुकबाट गोली हानिएको थियो भन्ने पत्ता लगाउनका लागि गोली झिक्न सक्नुपर्छ तर सकिएन, उहाँले जानकारी दिनु भयो । हात्तीको हड्डी दरो हुने भएकाले हतपत गोली झिक्न सकिँदैन ।

हात्ती मारेर आराले दारा काटेको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि प्रमुख राईले बताउनु भएको छ । करेन्ट लगाएर यसभन्दा अघि हात्तीहरू मार्ने र विद्युतीय धरापमा परेर यसभन्दा अघि हात्तीहरू मारिने गरे पनि बन्दुकको गोलीले हात्ती मारिएको यो पहिलो घटना भएको जनाइएको छ ।

हात्तीको दारा र पुच्छर महँगो मूल्यमा बिक्री हुने भएपछि तस्कर समूहले पहिलो पटक झापामा यस प्रकारको घटना घटाएको डिभिजन वन कार्यालय झापाको भनाई छ । यसले यहाँ रहेका हात्तीहरू असुरक्षित रहेको पाइएको छ । झापाका जङ्गलहरूमा केही समययता धेरैको सङ्ख्यामा हात्तीहरू रहेका छन् ।

हात्तीलाई गोली हानेर मारिएको घटना जघन्य अपराध भएको भन्दै मेची चरा तथा वन्यजन्तु संरक्षण समाजले तत्काल घटनाको विषयमा छानबिन गरेर दोषीलाई पक्राउ गरेर कारबाही गर्न अनुरोध गरेको छ । समाजका अध्यक्ष देवेन्द्र खरेलले यस घटनालाई सामान्य रूपमा हेर्न नहुने बताउनु भयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर