नेभिगेसन मेनु

अमरपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-07 12:25

Untitled-2

माघ २४ गते । पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु भएको छ । 

झापाको लखनपुर (दमक सबस्टेसन) देखि अमरपुर सबस्टेसनसम्मको काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि सङ्खुवासभाको वसन्तपुर हुँदै ढुङ्गेसाँघुसम्मको कोशी कोरिडोर २२० केभी प्रसारण लाइनलाई एकआपसमा आबद्ध गर्न यो लाइन निर्माण सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कोशी कोरिडोर अन्तर्गत वसन्तपुर–इनरुवा खण्ड सञ्चालनमा आइसकेको छ । वसन्तपुर–ढुङ्गेसाँघु खण्ड निर्माण अन्तिम चरणमा छ । काबेली कोरिडोर सञ्चालनमा छ । 

हिलिहाङ गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष, स्थानीय बासिन्दालगायतको उपस्थितिमा सोमबार अमरपुर–ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइनको टावर निर्माण शिलान्यास गरिएको छ । करिब १९ किलोमिटर प्रसारण लाइनमा ६७ वटा टावर निर्माण गर्नुपर्ने छ । उक्त प्रसारण लाइनबाट दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । 

काबेली नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाको विद्युत्लाई विश्वसनीय तथा प्रभावकारी रूपमा प्रवाह गर्न अमरपुर–ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइन सुरु गरिएको आयोजना प्रमुख अनुप गौतमले बताउनुभयो । 

आयोजना प्रमुख गौतमका अनुसार कोशी र काबेली कोरिडोर प्रसारण लाइन एकआपसमा आबद्ध हुने भएकाले कुनै कारणले काबेली कोरिडोरमा समस्या आएमा उक्त लाइनमा जोडिएको विद्युत् कोशी कोरिडोरतर्फ पठाउन सकिन्छ । 

यसले गर्दा पूर्वी नेपालको राष्ट्रिय प्रसारण ग्रिडको विश्वसनीयता बढ्नुका साथै स्थानीय विद्युत् आपूर्ति पनि विश्वसनीय, गुणस्तरीय र सुदृढ बन्ने प्राधिकरणले जनाएको छ । तमोर नदी जलाधार क्षेत्रमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ढुङ्गेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । नेपाल सरकारको करिब एक अर्ब २० करोड रुपियाँ लगानीमा आर्थिक वर्ष २०७५/७६ मा आयोजना सुरु गरिएको हो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर