नेभिगेसन मेनु

तेह्रथुममा टिपर दुर्घटना हुँदा दुईको मृत्यु तीन घाइते
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-18 12:40

bus-accident

माघ ४ गते । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी झापाको मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरमा सवार तीन जना गम्भीर घाइते भएका छन् । 

सङ्खुवासभाको मादी नगरपालिका–४ घर भएका ४० वर्षीय दिनेश तामाङ, झापा घर भएका २१ वर्षीय समीर चौधरी र उमेर नखुलेका विष्णु थामी घाइते भएका हुन् । थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । 

घाइते अन्य २ जनाको वसन्तपुर अस्पतालमा उपचार भइरहेको छ । म्याङ्लुङ–वसन्तपुर सडक खण्डको काँडेबाट लसुन बजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्बरको टिपर बुधवार साँझमा दुर्घटना भएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर