नेभिगेसन मेनु

बिपी प्रतिष्ठानको समस्या समाधान खोजे पाँच दलले
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-19 12:44

Untitled-1 (3)

माघ ५ गते । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जारी पदोन्नति आन्दोलन र समस्याका विषयमा सिनेटको बैठक राखी समस्या समाधान गर्ने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बताउनुभएको छ । बिहीबार धरानबाट गएका पाँच राजनीतिक दलको प्रतिनिधि मण्डल र स्वास्थ्यमन्त्री बस्नेतबिच धरानस्थित बिपी प्रतिष्ठानको जारी पदोेन्नति आन्दोलन र समस्याका विषयमा गम्भीर छलफल भएको जनाइएको छ । 

छलफलका व्रmममा शिक्षक र कर्मचारीका बढुवाका विषयमा तत्काल कार्यकारिणी समितिको बैठक बसी सञ्चालक परिषद्मा पेस गर्ने प्रस्ताव तयार गर्ने र सञ्चालक परिषद्को विशेष बैठक बोलाउने कुरा भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो । सिनेटको बैठकले शिक्षक–कर्मचारीको पदोन्नतिका माग सम्बोधन हुने उहाँले बताउनुभयो । तामाङका अनुसार स्वास्थ्यमन्त्री बस्नेतले बिपी प्रतिष्ठानको विषयमा आफू अत्यन्त गम्भीर भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल 

‘प्रचण्ड’, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, मुख्य सचिव वैकुण्ठ अर्यालसँग संयुक्त बैठक बसेको बताउँदै मुख्य सचिवलाई माग सम्बोधन गर्न आवश्यक गृहकार्य गर्न जिम्मेवारी दिइएकोसमेत बताउनुभयो ।

राजनीतिक दलको प्रतिनिधि मण्डलले बिपी प्रतिष्ठान, धरानको सन्दर्भमा पूर्वप्रधानमन्त्री एव. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत भेटवार्ता गरी प्रतिष्ठानको समस्या हल गर्ने छलफल गरेको सभापति तामाङले बताउनुभयो ।

टोलीमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीन विश्वकर्मा, प्रदेश सांसद विजय राई, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य जीवन राई, पूर्वनगर प्रमुख तिलक राई, कांग्रेस नगर सभापति श्याम पोखरेल, नेकपा (एमाले) नगर अध्यक्ष हर्कजङ्ग एभेङ, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष मनोज भट्टराई, कांग्रेस नगर उपसभापति तथा १८ नं. वडाध्यक्ष प्रवीन राई, जसपा नगर अध्यक्ष ताजुव लिम्बूलगायत सहभागी हुनुहुन्थ्यो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर