नेभिगेसन मेनु

तीन करोड लिएर ठेकेदार बेपत्ता अस्पताल निर्माण अलपत्र
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-02 12:27

adsfbgva

माघ १९ गते । अस्पताल निर्माणको जिम्मेवारी लिएर पेस्की रकम लिएका ठेकेदार सम्पर्क विहीन भएपछि अस्पताल निर्माण वर्षौँदेखि अलपत्र परेको छ । सम्बन्धित निकायले ठेकेदारलाई ताकेता नगर्दा उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं २ डाङ्सिनटारस्थित अस्पताल भवनको निर्माण कार्य बिचैमा अलपत्र छ ।

दुर्गम क्षेत्रका करिब १५ हजार मानिसहरूलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले १८ महिना पहिले निर्माण सुरु गरिएको १५ शय्याको भुट्टार अस्पतालको अहिलेसम्म जग अर्थात् फाउन्डेसन निर्माण समेत पुरा हुन सकेको छैन ।

काठमाडौँको आर एन्ड सिएसबेकन ज्वाइन्टभेन्चर निर्माण कम्पनीले २०८१ साल भदौ १५ सम्ममा सम्पूर्ण काम सम्पन्न गर्ने गरी २०७९ साल असार २४ गते सम्झौता गरेर भवन निर्माणको काम सुरु गरेको र सो अनुसार तीन करोड रुपियाँ मोविलाइजेसन बापत भुक्तानी लगेपछि कम्पनीका ठेकेदार छ महिनादेखि अस्पताल बनाउन फर्केर नआएको रौतामाई गाउँपालिकाका सब–इन्जिनियर दीपेन्द्र श्रीवास्तवले बताउनुभयो । 

स्वास्थ्य सेवा सहज र सरल रूपमा स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न नेपाल सरकारको संघीय सरकारबाट बजेट विनियोजन भई आएको र रौतामाई गाउँपालिकाको केन्द्र रहेकै स्थानमा सो अस्पताल निर्माण गर्न सुरु गरिएकोमा थप रकम समेत निकासा नआएको सब इन्जिनियर श्रीवास्तवले बताउनुभयो ।

अस्पतालका लागि आवश्यक पर्ने उपचार कक्षहरू सहितको सुविधा सम्पन्न आधुनिक डिजाइनमा तीन तलाको सो अस्पताल भवन बनाउन रौतामाई गाउँपालिकाले १६ करोड १३ लाख रुपियाँको लागतमा सम्पूर्ण काम सम्पन्न गर्ने गरी उक्त निर्माण कम्पनीसँग सम्झौता गरेकोमा अव ७ महिना मात्र समय बाँकी रहेको तर काम भने  पाँच प्रतिशत पनि पुरा नभएकोले निर्धारित समय सीमा भित्र अस्पताल भवन निर्माणको काम सम्पन्न हुन नसक्ने प्राय निश्चित भएको उहाँले बताउनुभयो  । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर