नेभिगेसन मेनु

बाहुनडाँगी नमुना गाउँ बन्दै
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-11 12:33

Untitled-1

पुस २६ गते । झापाको बाहुनडाँगीमा ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नमुना गाउँ बनाउन पहल सुरु भएको छ । यसका लागि सहारा नेपालले चासो देखाएको र यसका लागि आवश्यक प्रव्रिmया थाल्ने तयारी भएको ग्रामीण पर्यटन अगुवासमेत रहेका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभएको छ ।

हात्ती प्रभावित क्षेत्रलाई समस्याका रूपमा नभएर सम्भावनाका रूपमा स्थानीयलाई जागृत बनाउँदै पर्यटकीय सम्भावनाका विषयमा अध्ययन सुरु भइसकेको पनि कार्कीले बताउनुभएको छ । यहाँ आउने हात्तीहरू समस्या मात्र होइन, पर्यटकीय आधार पनि हुन् भनेर बल्ल स्थानीयलाई बुझाउन सकिएको छ, उहाँले भन्नुभयो । ग्रामीण पर्यटनविज्ञ एवं पश्चिम बङ्गाल सरकार पर्यटन प्रमुख सुपृतमराज वासु, सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्र  गिरीसहितसँग बसेर नमुना गाउँ बनाउन खाका बनाउने र आवश्यक तयारी गर्ने विषयमा छलफल भएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

ग्रामीण पर्यटन विकास अन्तर्गत स्थानीय खोला खोल्सो, जरुवा पानी मुहान संरक्षण तथा लोकल माछा, गङ्गेटा, घुँगी जस्ता रैथाने जीवहरूको पुनरावृत्ति गरिने, कम्तीमा ५० घर होमस्टे विकास गरिने, एक सय रुखका टोड्कामा बच्चा कोरल्ने चरालाई कृत्रिम टोड्के गुँड व्यवस्था गरिने छ । वडा नं. ४ मा रहेको नवीकरण युवा क्लब मैदानमा एक अनुसन्धान तथा प्रशिक्षण केन्द्र भवन निर्माण गरिने जनाइएको छ ।

ग्रामीण पर्यटनविज्ञ एवं पश्चिम बङ्गाल सरकार पर्यटन प्रमुख सुपृतम राज वासुले यहाँको जैविक विविधता, स्थानीय संस्कार र संस्कृति, यहाँको पर्यावरण ग्रामीण पर्यटनका लागि अति नै उपयुक्त भएको बताउँदै यसको विकासमा आफ्नो तर्फबाट सक्ने सबै प्रकारको सबै सहयोग गर्ने उल्लेख गर्नुभएको छ । सहारा नेपालका कार्यकारी अधिकृत गिरीले ग्रामीण पर्यटन विकास र बाहुनडाँगीलाई नमुना बनाउनका लागि आफूहरूको तर्फबाट योगदान दिन तयार रहेको जनाउनुभएको छ । मेचीनगरको बाहुनडाँगीलाई भारतबाट हात्ती नेपाल प्रवेश गर्ने प्रमुख गौँडाका रूपमा मात्र नभएर ग्रामीण पर्यटनको एउटा नमुना बनाउने उद्देश्य अनुसार मेचीनगर नगरपालिकाले पनि यहाँ पार्क बनाउनका लागि आवश्यक बजेट छुट्याएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर