नेभिगेसन मेनु

मानव अतिक्रमणमा सिमसार
सम्पादक:南亚网络电视
समय:2024-02-05 15:38

ण

तानसेन, माघ २२ गते । पाल्पाका अधिकांश स्थानका सिमसार क्षेत्र मानव अतिक्रमणमा परेको छ । जिल्लाका प्रभास, माडी, तिनाउ, माथागढीको झडेवा क्षेत्रका सिमसार क्षेत्र मानिसको गतिविधिले अतिक्रमणमा परेको हो । डाँडाको बस्ती समथर स्थानमा सरेपछि सिमसार क्षेत्र अतिक्रमणमा परेको स्थानीयवासी बताउँछन् ।

जिल्लाको तानसेन प्रभासमा रहेको सिमसार क्षेत्रको जग्गामा घडेरी बनाउने, बाटो बनाउने तथा अन्य संरचना बनाउने क्रम रोकिएको छैन । स्थानीय बासिन्दा विश्वराज पौडेलले प्रभास क्षेत्रको दुई हजार रोपनी क्षेत्रफलको सिमसार क्षेत्र अतिक्रमण गरिएको बताउनुभयो । उहाँले राज्यको सिमसार क्षेत्र जोगाउन नीति भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा मान्छेको गतिविधिले प्रभासको सिमसार क्षेत्र सङ्कटमा परेको बताउनुभयो । सिमसार क्षेत्र ओसिलो, दलदल तथा पानीको मूल भएको क्षेत्र हो ।

यस्ता क्षेत्र जलचर तथा विविध खालका वनस्पति हुर्कनका लागि उर्वर मानिन्छ । यस्ता स्थानमा चराचुरुङ्गी, जङ्गली जीवजन्तु, पानीमा हुर्कने जीवको समेत बासस्थान हुन्छ । यस्ता क्षेत्रको संरक्षण हुन नसक्दा अतिक्रमणमा परेको र सङ्कटान्मुख रहेको जानकारहरू बताउँछन् । सिमसार क्षेत्रको माथिल्लो भागमा बनाइएका सडक, पुल तथा अन्य भौतिक संरचनाका कारण पनि सिमसार क्षेत्र पुरिँदै गएको छ । 

तानसेन–७ का रोमबहादुर रानाले १० वर्षअघिसम्म सफा देखिने सिमसार क्षेत्रका तालतलैया अहिले पुरिएर धमिलो देखिएको बताउनुभयो । उहाँका अनुसार केही वर्षअघिसम्म माडी फाँटको सिमसार क्षेत्रमा पानी सफा देखिन्थ्यो । 

अहिले धमिलो पानी मात्र देखिने गरेको र ताल बिस्तारै पुरिँदै गएको छ । सिमसार क्षेत्र पुरिँदै जाँदा वनस्पति तथा जलचरको समेत विनाश भएको छ । पाल्पाका सिमसार क्षेत्र अधिकांश व्यक्तिका नाममा दर्ता भएका कारण पनि अतिक्रमण गर्न सहज बनेको छ । प्रभास क्षेत्र, माडी क्षेत्र र झडेवा क्षेत्रको सिमसार क्षेत्र अधिकांश व्यक्तिको जग्गामा पर्छन् ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनालले त्यस्ता सिमसार क्षेत्र पुरेर घडेरी बनाउने प्रचलन बढेको बताउनुभयो । उहाँले सिमसार क्षेत्रका जग्गा राज्यको नाममा ल्याएर संरक्षित क्षेत्र बनाउनुपर्ने बताउनुभयो । राज्यका निकायले समेत सिमसार क्षेत्रका जग्गामा जथाभावी घडेरी बनाउन दिँदा पनि समस्या उत्पन्न भएको जनाइएको छ । 

पाल्पाको सत्यवती ताल, सुकेताल, क्षेत्र भने अहिलेसम्म जोगिएको छ । ती क्षेत्र वन क्षेत्रमा पर्ने भएकाले हालसम्म मानिसको अतिक्रमणमा नपरेको स्थानीयवासी बताउँछन् । 

यद्यपि ती क्षेत्रलाई पर्यटकीय स्थल बनाउने नाममा जथाभाबी पक्की पूर्वाधार निर्माणले सिमसार क्षेत्र सङ्कटान्मुख रहेको तिनाउ–३ का स्थानीयवासी टङ्क बस्यालले बताउनुभयो । उहाँले सिमसार क्षेत्रवरपर भइरहेको पर्यटकीय पूर्वाधार निर्माणले ध्यान नदिने हो भने केही दशकमा सिमसार क्षेत्र लोप हुने बताउनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर