नेभिगेसन मेनु

निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण
सम्पादक:南亚网络电视
समय:2025-10-31 12:20

 

 pul_uNoFsi67Hh

झापा । मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ ।

मेचीनगर–१५ मा निन्दा नदीमाथि चौधरीचोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त मल्टिस्पान पुल सञ्चालनमा आएपछि नदीको पश्चिम किनारका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय र स्वास्थ्य संस्था आउजाउ गर्न सहज भएको मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले बताए ।

पुल नहुँदा सामान्य स्वास्थ्य सेवा लिन १० किलोमिटर घुम्नुपथ्र्यो भने अहिले डेढ किलोमिटरको यात्रा गरेपछि अस्पतालसम्म सहजै पुग्न सकिन्छ । पुल बनेपछि कृषि उपज हाटबजार पुर्याउन तथा त्यहाँबाट दैनिक उपभोगका सामग्री ल्याउन सजिलो भएको  स्थानीय भटभटिया राजवंशीले बताए । “पहिले ज्यानलाई नै जोखिममा पारेर नदी तरिहन्थ्यो, अब त्यसबाट मुक्त भएका छौँ”,  विगतको पीडा राजवंशीले स्मरण गर्दै उनले भने । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर