नेभिगेसन मेनु

राजमार्ग छेउका होटेल, रेस्टुरेन्टले अझै अस्वस्थकर खाना खुवाउँदै
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-07 12:44

khana-anugaman-palpa

पुस २२ गते । राजमार्ग छेउका होटेल, रेस्टुरेन्टले अझै अस्वस्थकर खाना खुवाउँदै आएको पाइएको छ । यी होटेल तथा रेष्टुरेन्टहरुले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको पाइएपछि प्रशासनले नियमित जस्तै अनुगमन गर्न सुरु गरेपछि केही सुधार आएको पाइएको छ । 

सिद्धार्थ राजमार्ग वरिपरि सञ्चालनमा आएका साना तथा ठुला होटेलका खाना तथा नास्ताका परिकारमा सुधार देखिएको छ । नियमित बजार अनुगमनपछि राजमार्ग छेउका होटेल तथा रेस्टुरेन्टले खाना, नास्ता तथा सरसफाइमा सुधार गरेका हुन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुर्तङ्देखि सिद्धबावासम्मको होटेल तथा साना रेस्टुरेन्टमा गरिएको अनुगमनका क्रममा एक÷डेढ वर्षअघिको तुलनामा सुधार देखिएको हो । एक÷डेढ वर्ष अघिसम्म बासी खाना तथा खानाका परिकार बिक्रीका लागि राखिएकोमा अहिले सुधार हुँदै गएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका अधिकृत श्यामकुमार पौडेलले बताउनुभयो । यस्तै बटुक, पकौडा तथा रोटी पकाउँदा प्रयोग हुने तेलको अवस्थामा समेत सुधार आएको पौडेलले बताउनुभयो । पछिल्लो समय लगातार जसो बजार अनुगमन गरिएको छ । 

राजमार्गका छेउमा खुलेका होटेल तथा रेस्टुरेन्टमा पसेर दैनिक हजारौँ मानिसले खाना तथा नास्ता खाने गरेका छन् । राजमार्गमा यात्रा गर्दा सवारीसाधन रोकेर नास्ता तथा खाना खाने प्रचलन रहेकाले मानव स्वास्थ्यको ख्याल गर्दै निरन्तर अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले जनाएको छ । राजमार्ग छेउका होटेलमा मानिसको चाप पनि बढेकाले त्यस्ता क्षेत्रमा निरन्तर अनुगमन गरेको र त्यसले खाना तथा नास्ताको गुणस्तरमा सुधार गर्न सघाएको डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो । 

पहिलेको तुलनामा होटेलभित्रको सरसफाइको अवस्थामा समेत सुधार आएको उहाँले बताउनुभयो । पछिल्लो पटक भएको अनुगमनका क्रममा सिद्धार्थ राजमार्गका ३१ वटा होटेल तथा रेष्टुरेण्टको अवस्थामा सुधार आएको जिल्ला प्रशासन कार्यालय पाल्पाका अधिकृत रमा श्रेष्ठले बताउनुभयो । यसअघि होटेलले खानै नमिल्ने तेल प्रयोग गर्ने, खाना तथा नास्ताका परिकारमा खानै नहुने रङ्ग प्रयोग गर्ने, विभिन्न पशुका मासु मिसाउने गरेको जस्ता कमजोरी भेटिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर