नेभिगेसन मेनु

मधेसका मुख्यमन्त्रीले २२ गते विश्वासको मत लिने
सम्पादक:南亚网络电视
समय:2025-10-30 12:25

 

 cm-bishwasko-mat-pic_TDsunRFq80

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

बुधबार मुख्यमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिने मिति तय भएको हो ।

मुख्यमन्त्री सोनलले सत्तारुढ गठबन्धनको बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसँग पनि विश्वासको मतका लागि आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

उनले सत्तारुढ गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीसमेत समावेश भएको बताए ।

गत असोज २९ गते जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ५५ जना सांसदको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सत्तारुढ गठबन्धनमा जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । यसबाहेक साना दुई दलसमेत गठबन्धनमा सामेल भएसँगै मुख्यमन्त्री सोनललाई विश्वासको मतका लागि सहज भएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर