नेभिगेसन मेनु

सिद्धबाबा सुरुङमार्गकाे काम दश प्रतिशत सम्पन्न
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-01 12:54

sdfs

माघ १८ गते । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्ध बाबा सुरुङ मार्गको निर्माणले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्ध बाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ खन्ने कामले गति लिएको हो । सुरुङ खन्ने काम दक्षिणतर्फको गेटबाट सुरु भएसँगै यसले गति लिएको छ ।  

पाल्पाको तिनाउ–३, सिद्ध बाबा क्षेत्रमा सुरुङ निर्माणका लागि आवश्यक सबै पूर्वाधारहरूको निर्माणपछि दक्षिणतर्फको ढोकाबाट सुरुङ खन्ने थालिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाँच वर्षभित्र सुरुङ निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग वि.स. २०७८ फागुन २५ गते सम्झौता गरेको थियो । 

निर्माण कम्पनीले बाहिर गर्नुपर्ने सबै तयारी सकेर मुख्य काम सुरुङ खन्नेतर्फ लागेको र कामले गति लिएको आयोजना प्रमुख राम पुकार जैसवालले जानकारी दिनुभयो । सुरुङ मार्गको हालसम्म १०.२ प्रतिशत काम सम्पन्न भइसकेको छ । 

सुरुङको निर्माणको कामसँगै चट्टान बग्नबाट जोगाउन ‘रक सेड’ निर्माणको कामसमेत सुरु भएको छ । सिद्धार्थ राजमार्ग माथिबाट खस्ने पहिरो र कडा चट्टानलाई रोक्न ७८० मिटर ‘रक सेड’ निर्माण गरिने योजनाको कार्यालयले जनाएको छ । यस्तै तीन स्थानबाट बाइपास सुरुङ निर्माण सुरु भइरहेको छ । सुरुङ क्षेत्रमा प्रवेश गर्ने तीन वटा ४३१ मिटरका बाइपास सुरुङ खन्ने काम  भइरहेको आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिनुभयो । तल्लो गेटबाट सुरुङ खन्ने र माथिल्लो भागमा अन्य संरचना निर्माणको काम भइरहेको ज्ञवालीले बताउनुभयो । 

रक सेड निर्माण गर्ने क्षेत्रमा ३० वटा रुख काट्नका लागि समेत सम्बन्धित निकायबाट सहमति आइसकेको छ । रुख काटेपछि रक सेड निर्माणले समेत गति लिएको उहाँले बताउनुभयो । सुरुङ मार्गसँगै कम्पनीले ९०४ मिटर बुटवलतर्फ र पाल्पातर्फको एक हजार ४९४ मिटर सडक स्तरोन्नति गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सुरुङ मार्ग आयोजना सम्पन्न गर्न सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ । 

सिद्धार्थ राजमार्गको सिद्ध बाबा क्षेत्रमा माथिबाट खस्ने पहिरो छिचोल्दै यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । लामो समयदेखि यात्रुहरूले यो क्षेत्रमा खस्ने पहिरोबाट जोगिन सुरुङ मार्गको बनाउनुपर्ने माग गर्दै आएका थिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर