
स्याङ्जा, कात्तिक १० गते । पुतलीबजार नगरपालिका –३ बाढखोलामा महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अभद्र व्यवहार गरेको आरोपमा पुतलीबजार –३ बाढखोला बस्ने ३० वर्षीय सौगिल गुरुङ र ३२ वर्षीय सौजन गुरुङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो ।
कात्तिक ७ गते राति देउसी भैलो कार्यक्रम चलिरहेका बेला सुरक्षार्थ खटिएका महिला प्रहरी कर्मचारीहरूसँग केही व्यक्तिहरूबिच वादविवाद भएपछि सम्झाई बुभाई गर्दा महिला प्रहरीलाई अभद्र व्यवहार गरेका थिए ।
सम्झाइ बुझाइका क्रममा समेत उनीहरूले संयमित नभई महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको तिवारीले बताउनभुयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको तिवारीले बताउनुभयो ।





