नेभिगेसन मेनु

देशकै लामो चक्रपथ यसै वर्ष सम्पन्न हुने
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-19 12:52

Untitled-1 (4)

माघ ५ गते  । रुपन्देहीको सैनामैना नगरपालिका र एसियाली विकास बैङ्कबिच बुधबार सम्झौता भएपछि अब देशकै लामो सैनामैना चक्रपथले यसै वर्ष पूर्णता पाउने भएको छ । सैनामैना नगरपालिका र एसियाली विकास बैङ्कबिच पालिकाहरूको सहरी क्षेत्र सुधार  कार्यक्रम अन्तर्गत सैनामैना नगरपालिकाभित्र विकासका परियोजना लागु गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सम्झौतापछि करिब ५७ किलोमिटर लामो सैनामैना चक्रपथ निर्माणको काम चालु आवभित्र सम्पन्न हुने बताउनुभयो ।  सैनामैना चक्रपथ अन्तर्गत बनाउन बाँकी सैनामैना–१० र ११ को करिब २१ किलोमिटर सडक र चक्रपथसँग जोडिने सहायक मार्गसमेत निर्माण हुने छन् ।

करिब ५७ किलोमिटर लामो चक्रपथको बाँकी काम सम्पन्न हुने भएपछि सैनामैनाको विकासमा कोसेढुङ्गा साबित हुने थापाले बताउनुभयो । एसियाली विकास बैङ्क र सैनामैना नगरपालिकाबिच दुई अर्ब २० करोड रुपियाँ बराबरको परियोजनाका लागि बुधबार काठमाडौँस्थित अर्थ मन्त्रालयमा हस्ताक्षर भएको थियो ।

सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत थापाले सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृत जनक थापा तथा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र एसियाली विकास बैङ्कका कन्ट्री डाइरेक्टर अर्नाड काउसिसले सम्झौतामा हस्ताक्षर गर्नुभएको  बताउनुभयो । सैनामैना नगरपालिका–१ देखि ११ सम्म मुख्य राजमार्गबाट करिब २० किलोमिटर उत्तर र सात किलोमिटर दक्षिणतर्फको क्षेत्र जोड्ने गरी सैनामैना चव्रmपथ निर्माण भइरहेको छ । 

विसं २०७४ जेठ १७ गते चक्रपथ सडकको ठेक्का सम्झौता भएको उक्त आयोजना विसं २०७८ मङ्सिर ७ सम्म पूरा हुने लक्ष्य राखिएको थियो तर बजेट अभावका कारण चव्रmपथ निर्माणको काम करिब दुई वर्ष ढिलो गरी सम्पन्न हुन लागेको हो । अब चक्रपथको बाँकी करिब २१ किलोमिटर सडक निर्माणका लागि छिटै बोलपत्र आह्वान हुने सैनामैना नगरपालिकाले जनाएको छ ।   

एसियाली विकास बैङ्कले बुधबार नै सैनामैना नगरपालिकासहित पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका तथा पश्चिम नवलपरासीको रामग्राम, रुपन्देहीको देवदह, लुम्बिनी सांस्कृतिक, रामग्राम, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकासँग समेत सम्झौता गरेको छ ।

एसियाली विकास बैङ्कले पालिकाको सहरी क्षेत्रको पूर्वाधार विकास, पर्यटन प्रवर्धन र पालिकाको क्षमता विकासका लागि आठ वटा पालिका छनोट गरी परियोजना लागु गर्न लागिएको जनाएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर