नेभिगेसन मेनु

महाधिवेशनको तयारीबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै
सम्पादक:南亚网络电视
समय:2025-11-01 12:31

 

 wechat_2025-11-01_101507_633

काठमाडौँ  । ११ औँ महाधिवेशनको तयारीका सम्बन्धमा औपचारिक छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ बजे बैठक आयोजना गरिएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार मङ्सिर २७ देखि २९ सम्म पोखरामा हुने ११ औँ महाधिवेशनको तयारीका सम्बन्धमा आजको बैठकमा प्रारम्भिक रिपोर्टिङ हुनेछ । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्ध्मा अर्यालले  पोखराको वस्तुस्थितिका बारेमा बैठकमा रिपोर्टिङ गर्ने तयारी छ । बैठकले महाधिवेशन तयारीका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी दिने सम्भावना छ ।

बैठकमा महाधिवेशनको कार्यतालिका, प्रतिनिधिको सङ्ख्या, प्रतिनिधि छनौटको आधार आदि विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिएका छन् । 

बैठकमा सरकारले फागुन २१ गते गर्ने भनेको निर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रम आदि विषयमा पनि छलफल हुने छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर