नेभिगेसन मेनु

खेलकुद विश्वकपको ढोका खोल्ने निर्णायक खेलमा ओमनसँग भिड्दै नेपाल
सम्पादक:南亚网络电视
समय:2025-10-15 12:43

 

 nepal-wc-qulifier-5-copy-08102025030631-1000x0

काठमाडौँ — नेपाल र ओमानबीच बुधबार हुने ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेलले एउटा तय निश्चित गर्नेछ, जसले यो खेल जित्छ त्यो ट्वान्टी–२० विश्वकपमा पुग्छ । समूह विजेता बन्दै सुपर सिक्सको पनि पहिलो दुई खेल जितेपछि ओमान र नेपाल यति बलियो स्थितिमा पुगेको छ कि बुधबार साँझ हुने यी दुईबीचको खेलले यस क्षेत्रबाट विश्वकप पुग्ने एउटा टोली पाउने छ ।

सुपर सिक्समा नेपालले यूएईमाथि १ र कतारमाथि ५ रनको सनसनी जित पाएको थियो । जति साँधुरो विजय हात पार्‍यो, नेपाल विश्वकपको त्यत्ति नजिक पुगेको छ ।

ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा ९ राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । तीन समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुगेका छन् । सुपर सिक्सका ६ टोलीबाट माथिल्लो तीन स्थानका टोली फेब्रुअरी–मार्चमा हुने ट्वान्टी–२० विश्वकपमा पुग्नेछन् । विश्वकप भारत र श्रीलंकामा संयुक्त आयोजना हुनेछ ।

ओमान र नेपाल ६ अंक लिएर पहिलो दुई स्थानमा बलियो स्थितिमा छ । सन् २०२३ को नोभेम्बरमा यी दुई टोलीले नै काठमाडौंमा सम्पन्न आईसीसी ट्वान्टी–२० पुरुष एसिया छनोटको फाइनलमा पुग्दै विश्वकपको टिकट काट्न सफल भएका थिए । फाइनल भने अविश्वसनीय नै भएको थियो ।

कीर्तिपुरमा भएको फाइनल ‘टाइ’ भएको थियो । गुलशन झाले २५ बलमा ५४ र रोहित पौडेलले ३७ बलमा ५४ रन बनाएपछि नेपालले १८४–६ को स्कोर बनाएको थियो । ओमानको इनिङ्समा नेपालले अन्तिम ३ विकेट लिए पनि ओमानले ७ रन जोड्दै स्कोर १ सय ८४ रन बनाएपछि निर्णय सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा ओमानले २१ रन बनाए पनि नेपालले १० रनमात्र बनाउँदै उपाधि सुम्पिएको थियो ।

अल एमेरात क्रिकेट मैदानमा बुधबार हुने खेलको विजेता टोली नै उपाधि जित्ने निश्चित जस्तै हुनेछ । नेपाल ट्वान्टी–२० मा लामो समयदेखिको खडेरी पुर्ने दाउमा छ । सुपर सिक्सको पहिलो दुई खेलमा पराजित भएपछि दावेदार यूएईले शीर्षस्थानको दौडमा ओमान र नेपालमध्ये कम्तीमा एक टोलीलाई भेट्न नसक्ने निश्चित छ । नेपाल र ओमानसँगको हारले यूएई लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन नसक्ने स्थितिमा पुगेको छ । बाँकी दुई खेलमा विजय हात पारे पनि यूएई सुरक्षित नहुन सक्छ ।

नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकप पुग्ने संघारमा छ । नेपाल र ओमानबीचको खेल बेलुका ८.४५ बजे सुरु हुनेछ । दिउँसो ४.१५ बजे हुने खेलमा सामोआलाई पराजित गर्न नसके यूएई छनोट दौडबाट बाहिरिने छ ।

ओमानसँग पछिल्ला ५ खेलमा नेपालले त्यो सुपर ओभरको हारबाहेक अरू ४ खेल जितेको छ । गत वर्ष आफ्ना पुराना खेलाडीलाई बिदाइ गरेपछि नयाँ टोली लिएर पनि ओमानले यो प्रदर्शन देखाएको छ । यता नेपालले विशेष गरी अस्ट्रेलियाका स्टुवार्ट ल प्रशिक्षणमा आएयता एकरुपको प्रदर्शन देखाउँदै आएको छ ।

ओमान पुग्नुअघि नेपालले यूएईमा वेस्ट इन्डिजविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको थियो । ट्वान्टी–२० विश्वकप छनोटअघिको अभ्यास खेलमा ओमानलाई ११०–९ को स्कोरमा रोकेपछि नेपालले आसिफ शेखको ६१ रनमा १७ ओभरमै १ सय १४ रन बनाएको थियो ।

तर, नेपाली टोलीको पछिल्लो १० ओभरको ब्याटिङ र पहिलो १० ओभरको बलिङ नियन्त्रणभन्दा बाहिर पुगेको छ । कतारविरुद्ध पहिलो १० ओभरमा ६० रन बनाएको नेपालले मध्यक्रममा विशेष गरी कुशल मल्ल, सन्दीप जोरा र आदिल आलम अन्सारीबाट गतिलो यागदान नपाउँदा १ सय ५० भन्दा माथिको स्कोर बनाउन चुकिरहेको स्थिति छ । अघिल्ला खेलहरूमा पनि नेपालको ब्याटिङ प्रदर्शनमा एकरुप हुन सकेको छैन ।

कतारले अझ आफ्नो ब्याटिङमा १० ओभरमा ७९ रन जोडेर नेपालको बलिङलाई सोच्न बाध्य बनाइदिएको थियो । सोमपाल कामी र नन्दन यादव आफ्नो बलिङको लय मिलाउन संघर्षरत छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर