नेभिगेसन मेनु

१७ बालबालिकासहित १९ जनालाई बन्धक बनाउने युट्युबरको प्रहरी इन्काउन्टरमा मृत्यु
सम्पादक:南亚网络电视
समय:2025-10-31 12:48

 

 rohit-arya_M02da4UNxm

मुम्बई । मुम्बईको पवई इलाकास्थित एक स्टुडियोमा बालबालिकालाई बन्धक बनाउने युट्युबर प्रहरीको इन्काउन्टरमा मारिएका छन् । 

बिहीबार दिउँसो स्थानीय समयअनुसार बिहीबार पौने २ बजे युट्युबर रोहित आर्याले १७ बालबालिका, एक ज्येष्ठ नागरिक र एक व्यक्तिसहित १९ जनालाई बन्धक बनाएका थिए । प्रहरी र विशेष कमान्डोको टोलीले एक घण्टा लामो अपरेसनपछि सबै बन्धकलाई सुरक्षित उद्धार गरेको थियो । गोली लागेर घाइते भएका आरोपीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

प्रहरीका अनुसार घटनास्थलबाट एक एयर गन र केही रसायन पनि बरामद भएको छ । यद्यपि, आरोपी रोहितले‍ बन्धक बनाउनुको उद्देश्य अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले आरोपी मानसिक रूपमा अस्थिर देखिएको बताएको छ । 

प्रहरीका अनुसार आरोपीले अडिसनका लागि १०० भन्दा बढी बालबालिकालाई स्टुडियोमा बोलाएका थिए । रा नाम गरेको उक्त स्टुडियोको पहिलो तल्लामा अभिनय कक्षाहरू सञ्चालन हुँदै आएका थिए, जहाँ बालबालिकाहरूलाई बन्धक बनाइएको थियो ।

घटना क्रममा बालबालिकाहरू स्टुडियोका झ्यालहरूबाट बाहिर हेरिरहेका देखिएको थियो । खबर पाएलगत्तै बालबालिकाका अभिभावकहरू पनि घटनास्थलमा पुगेका थिए । 

आरोपी रोहितको एउटा भिडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ, जसमा उनी 'मलाई केही प्रश्न सोध्नु छ' भनिरहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर