नेभिगेसन मेनु

गाजामा इजरायलको हवाई हमला, ३३ प्यालेस्टिनी मारिए
सम्पादक:南亚网络电视
समय:2025-10-30 12:37

 

 reuters-29102025093014-1000x0

काठमाडौँ — इजरायलले गाजामा फेरि हवाई आक्रमण गरेको छ । जसमा ३३ जना प्यालेस्टिनी मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलले गाजा सहरसँगै बेइत ला र खान युनिससहितका अन्य केही सहरका घर, विद्यालय र आवासीय भवनमा हवाई आक्रमण गरेको हो ।

गाजास्थित अस्पतालका अनुसार मृतकमध्ये महिला र बालबालिका पनि छन् । गाजा सहरको साब्रा क्षेत्रमा एक घरमा बम विस्फोट हुँदा तीन महिलासहित चार जनाको मृत्यु भएको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले गाजामा हमासले इजरायली सैनिकमाथि आक्रमण गरेको र मृत बन्धकहरूको शव फिर्ता गर्ने सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् । अर्कोतर्फ, हमासले ती सबै आरोप अस्वीकार गरेको छ । संगठनले कुनै पनि आक्रमणसँग आफ्नो सम्बन्ध नभएको र युद्धविरामप्रति प्रतिबद्ध रहेको दाबी गरेको छ ।

तर, इजरायली रक्षामन्त्री काट्जले हमासले ‘रेडलाइन’ पार गरेको र अब त्यसको भारी मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासविरुद्ध सैन्य कारबाहीको आदेश दिएका छन् । नेतान्याहूले युद्धविराम सम्झौताअन्तर्गत हमासले गलत शव फिर्ता गरेको आरोप पनि लगाएका छन् ।

२० दिनअघि इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २९ मा नेतान्याहूको उपस्थितिमा २० बुँदे शान्ति योजना प्रस्तुत गरेका थिए, जसमा हमासले अक्टोबर ९ मा सहमति जनाएको थियो ।

७ अक्टोबर २०२३ देखि सुरु भएको यो तनावका कारण गाजामा मात्रै ६७ हजारभन्दा बढी मानिस मारिएका छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर