
काठमाडौँ । अविरल वर्षासँगै आएको लेदो र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रूपमा नै अवरुद्ध भएको जनाएको छ ।
राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना, नार्केलगायतको स्थानहरूमा पहिरो तथा लेदो खसी दुईतर्फी रूपमा सडक अवरोध भएको छ ।
अवरुद्ध सडक सुचारु गर्नका समय लाग्ने भएकोले वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
 
 

















