नेभिगेसन मेनु

शिवराजमा शव परीक्षण गृहको उद्घाटन
सम्पादक:南亚网络电视
समय:2024-01-20 14:09

sab-g

तौलिहवा, माघ ६ गते । जिल्लाको शिवराज नगरपालिकामा शव परीक्षण गृहको उद्घाटन गरिएको छ । चन्दौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उक्त शव गृहको उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख अजय थापाले नजिकै शव परीक्षण गृह नभएकाले नागरिकहरु सास्ती पाउँदै आएको बताउनुभयो । पालिकाले अस्पतालका शय्याभन्दा पनि सुविधा र सेवा विस्तारमा केन्द्रित रहेको उहाँको भनाइ छ ।

स्थानिय तहले सञ्चालन गरेको यो सेवा नेपालमै पहिलो रहेको उहाँले बताउनुभयो । नागरिकको सहजताका लागि प्रत्येक वडाको स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक बिरामी चेकजाँच गर्न पठाउने नगर प्रमुख थापाले बताउनुभयो ।

अस्पताल सञ्चालक समिति अध्यक्ष नेत्रप्रसाद बेल्बासेले परीक्षण गृह सञ्चालनले नागरिकलाई धेरै सुविधा हुने बताउनुभयो । अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. अमित पाण्डेले औपचारिक रुपमा सेवाको सुरुवात भएको बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर