नेभिगेसन मेनु

कोशी प्रदेशका हिमाल र पहाडका विद्यालयमा आईसीटी निर्माण गरिने
सम्पादक:南亚网络电视
समय:2025-10-27 11:43

 

 ict-mukhyamantri_DHubd7FYcU

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरूको पूर्वाधार र विद्यालयमा आईसीटी निर्माण गर्ने घोषणा गरेका छन् । 

धनकुटाको सहिद भूमि गाउँपालिकामा आइतबार आयोजित कार्यक्रममा उनले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षमा सक्ने गरी पूर्वाधारको कार्यक्रम अघि बढाइने घोषणा गरेका हुन् । त्यस अवसरमा खेतान फाउन्डेसनले सहिद भूमि गाउँपालिका–६ मा रहेको ठाकुरदेवी माध्यमिक विद्यालयमा निर्माण गरिदिएको विद्यालय भवनको मुख्यमन्त्री कार्कीले उद्घाटन गरे । 

९२ लाख रुपैयाँको लागतमा निर्माण भएको सो भवन सीपी फाउन्डेसनले निर्माण गरिदिएको हो । विद्यालयको आठकोठे भवन निर्माण भएपछि सो पालिकाका सबै विद्यालय सूचना प्रविधि र कम्प्युटरसहितको पूर्वाधार युक्त विद्यालय बनाउने सीपी फाउन्डेसनले जानकारी दिएको छ । 

मुख्यमन्त्री कार्कीले सहिदहरूको सम्मान र त्यस क्षेत्रको विकासका लागि विद्यालय निर्माणको कार्यक्रम सहिद भूमि पालिकामा गर्न सीपी फाउन्डेसनलाई आग्रह गरिने बताए । 

फाउन्डेसनले विभिन्न दातृ संस्थाको सहयोगमा कोशी प्रदेशको हिमाली तीनवटा जिल्ला र पहाडी आठवटा जिल्लाका करिब ५०० विद्यालयको पूर्वाधार र आईसीटी निर्माण गरिदिने समझदारी यसै आर्थिक वर्षभित्रै हुने मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

सो सम्झौता आवश्यक कानुनी प्रक्रिया मिलाएर हुने बताइएको छ । फाउन्डेसनले कोशी प्रदेश सरकारसँग यो सम्झौता गर्ने र सँगसँगै कार्यक्रमलाई अगाडि बढाउने छ । यी विद्यालय बनाउन करिब १५ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिएको छ । 

खेतान फाउन्डेसनका संस्थापक सीपी खेतानले यसबाट कोशी प्रदेशमा शैक्षिक सुधारमा ठुलो उपलब्धि हासिल हुने बताए । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका विद्यालयहरू निर्माणको यो ठुलो रकम १० वर्षभित्र सक्ने योजना रहेको बताए ।

उनले खेतान फाउन्डेसनले त्योभन्दा अघि नै यस्ता कार्यक्रमलाई सक्नेगरी तयारी गर्न आग्रह गरे पनि प्रदेश र पालिकाको स्रोत साधनलाई समेत प्रयोग गरेर अघि बढ्नुपर्ने भएकाले यसको समय १० वर्ष राख्न लागिएको बताए । 

पालिका र प्रदेश सरकारको समेत सहकार्यमा विद्यालय निर्माण हुनेछ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर