नेभिगेसन मेनु

गुल्मी कोटवासी दुखेसो भोट दियौ पानी दिएन, वर्षौँदेखि खानेपानी हाहाकार
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-26 12:52

adsfgbas

माघ १२ गते । निर्वाचनको समयमा खानेपानीको समस्या समाधान गरिदिन्छौ भन्ने नेताहरूले आश्वासन भुलेको स्थानीयले गुनासो गरेका छन् । खानेपानीको समस्या समाधान गरिदिन्छौ भन्दै नेताहरूले भोट माग्ने र आफूहरूलाई भोट बैकको रूपमा प्रयोग गर्ने गरेको यहाँका स्थानीयहरूले गुनासो गरेका छन् ।

काली गण्डकी गाउँपालिका वडा नम्बर एक र दुईको माथिल्लो बस्तीका स्थानीयहरूले वषौँदेखि झेल्दै आएको खानेपानीको समस्या जस्ताको तस्तै छ । उनीहरूले गाडीमा पानी ढुवानी गरेर पिउन बाध्य छन् । देउराली, सिरकोट र वडा नम्बर २ को कोटका स्थानीयहरूले गाडीबाट पानी ढुवानी गरेर पिउने गरेका छन् । 

वर्षा यामको समयमा चिदियारको मूलबाट पानी पिउने गरेका स्थानीयहरूले हिउँद लागेपछि मुहान सुक्दै जाँदा गाडीबाट पानी ढुवानी गरेर पिउन बाध्य भएको स्थानीय युवा तिलक रानाले गुनासो गर्नुभयो । स्थानीय सरकार र सम्बन्धित निकायले समस्या समाधानका लागि पहल नगर्दा अझै कहिलेसम्म पानी ढुवानी गरेर पिउनु पर्ने हो भन्दै उहाँले प्रश्न समेत गर्नुभयो ।

एक पटक गाडीमा पानी ल्याउँदा गाडीलाई एक हजार पाँच सय रुपियाँसम्म तिर्नुपर्ने अवस्था रहेको ७५ वर्षीय बलबहादुर न्यौपानेले बताउनुभयो । पानी पनि तेल जस्तो गरी प्रयोग गर्नुपरेको उहाँको भनाइ छ । यस्तै काली गण्डकी २ कोटका लक्ष्मीपति न्यौपानेले पिउने पानी गाडीमा ढुवानी गरेर ल्याउनुपर्दा खर्चिलो हुने र सबैलाई गाडीको पहुँच पनि नहुने बताउनुभयो । 

यहाँका करिब एक सय घरधुरीहरूले वर्षौँ देखी खानेपानीको समस्या झेल्दै आएका छन् । नेताहरूले निर्वाचनमा पानी खुवाएरै छाड्छौ भन्ने र निर्वाचन जितेपछि सबै बिर्सने समस्या रहेको स्थानीयहरूले दुखेसो गरेका छन्  । 

बस्तीभन्दा तल खानेपानीको मुहान भएकाले लिफटिङ गरेर मात्रै पानी खुवाउन सकिने खानेपानी तथा तथा सरसफाइ डिभिजन कार्यालय तम्घास गुल्मीले जनाएको छ ।

ठोटनेरी खोलाबाट लिफटिङ गरेर पानी खुवाउनका लागि अघिल्लो वर्षको बजेटबाट ट्याङ्की निमार्ण भएको कार्यालयका प्रमुख अनुजकुमार उपाध्यायले बताउनुभयो । यस वर्ष  १५ लाख बजेट भएको र उक्त बजेटले यस वर्ष पनि योजना सम्पन्न गर्न नसकिने उहाँले बताउनुभयो । त्यहाँको समस्या बारे आफू जानकार रहेको बताउँदै १५ लाखको बजेटबाट विद्युतीकरण गर्नका लागि कार्य अगाडि बढाएको उहाँको भनाइ छ ।

यता काली गण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले देउराली र कोटमा रहेको बस्तीलाई खानेपानी खुवाउनका लागि आफूले प्रयास गरेको बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर