नेभिगेसन मेनु

माघीको तयारीमा थारू समुदाय
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-12 14:00

Untitled-1

पुस २७ गते । दाङका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै गर्दा त्यसको तयारीसँगै थारू बस्तीमा चहलपहलसमेत बढेको छ । 

थारू बस्तीमा माघी पर्वका लागि जङ्गलबाट दाउरा ल्याउने, सालको पात टिपेर दुनाटपरी बनाउने, विभिन्न परिकार बनाउनका लागि कुटानीपिसानी, माछामासुलगायतको तयारीमा जुटेका हुन् । माघी नजिकिन थालेपछि तयारीमा जुटेको घोराही उपमहानगरपालिका–२ निवासी सीता चौधरी बताउनुहुन्छ । उहाँका अनुसार माघीका लागि दुनाटपरी बनाउनेदेखि जङ्गलबाट दाउरा ल्याएर ढिव्रmी, रोटी बनाउनका लागि कुटानीपिसानीलगायतको तयारीमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “माघी हाम्रो मुख्य पर्व हो, घरमा सबै जम्मा हुने, मिठो परिकार बनाएर खाने र गाउँघरमा नाचगान गर्ने गर्दछौँ ।” 

माघी नजिकिँदै गर्दा दाङसँगै देउखुरी क्षेत्रमा माघी पर्वलाई उल्लासका साथ नाचगान गर्दै थारू समुदायले मनाउन थालेको थारू अगुवा तथा मटौवा महासङ्घ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी बताउनुहुन्छ । उहाँका अनुसार जिल्लाका विभिन्न स्थानमा थारू कला संस्कृति संरक्षणका लागि महोत्सवको आयोजनासँगै गाउँघरमा नाचगान सुरु भएको छ । थारू बस्तीमा संस्कृति झल्कने वेशभूषासहित मघौटा, सखियालगायतका नाचगानसँगै शुभकामना आदानप्रदानका कार्यव्रmम भइरहेका छन् । 

माघी पर्व थारू समुदायको मुख्य पर्व भएकाले दसैँतिहारमा घर नआएका व्यक्तिसमेत माघीमा आफ्नो घर आउने र परिवारसँग बसेर रमाइलो गर्ने गर्छन् । उहाँले भन्नुभयो, “माघी पर्व नजिकिएसँगै थारू बस्तीमा नाचगानसँगै माघी मिलन तथा शुभकामनाका कार्यव्रmम  भइरहेका छन् । यसले थारू बस्तीमा उत्साह थप्ने काम गरेको छ ।” उहाँका अनुसार माघीका अवसरमा थारू समुदायले वर्ष दिनको योजना बनाउने गर्छन् । त्यही योजना अनुसार परिवारका सदस्य आआफ्नो काममा लाग्ने, परिवार छुट्टिने, खेतबाली लगाउनेलगायतका महìवपूर्ण निर्णय हुने गरेको अगुवा चौधरी बताउनुहुन्छ । 

त्यसै गरी घोराही उपमहानगरपालिका–१७, ढिकपुर निवासी खुमबहादुर चौधरी पनि माघी पर्व नजिकिएसँगै थारू बस्तीमा तयारीमा जुटेको बताउनुहुन्छ । माघी पर्वलाई उत्साहका रूपमा मनाउनका लागि घरका लागि आवश्यक मासु, कुटानीपिसानीलगायतका तयारी भइरहेको उहाँ बताउनुहुन्छ । माघी पर्वमा थारू समुदायले विशेष परिकारका रूपमा ढिव्रmी, माछा, घुँगी, सुँगुर वा बङ्गुरको मासु, जाँडलगायतका परिकार बनाउने र खाने चलन छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्ष दिनका लागि बड्घर (गाउँको अगुवा) र गुरुवा चयन गर्ने गरिन्छ । माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने प्रचलन रहेको मटौवाँ महासङ्घ दाङका अध्यक्ष चौधरी बताउनुहुन्छ । 

थारू समुदायको माघी पर्वका अवसरमा माघको १ गते बिहानै पोखरी वा तलाउमा स्नान गरेर मान्यजनबाट आशीर्वाद लिने र साथीभाइबिच शुभकामना आदानप्रदान गर्दै रमाउने चलन छ । माघ २ गते पर्वको अन्तिम दिन एक वर्षमा भएका कामकारबाहीको समीक्षा गरी आगामी वर्षका लागि योजना बनाउने, गाउँ चलाउन नयाँ नेतृत्व चयन गर्नेलगायतको काम हुने गर्दछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर