माघ १९ गते । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयामा अग्नीदहमा परेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ७ बजे खाना पकाउने क्रममा आगोमा जलेर मृत्यु ४५ वर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको हो ।
मृतकका छोरा सागर चौधरीले पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको बताउनुभयो । बेलुकी घरमा कोही नभएका बेला खाना पकाउने क्रममा हात ,खुट्टा जलेको निजका छोरा सागर चौधरीले बताउनुभयो ।