नेभिगेसन मेनु

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट
सम्पादक:南亚网络电视
समय:2025-10-19 12:00

 

 rajakot_7akKdhIVJU (1)

दाङ । दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण बन्दै गएको छ । यहाँबाट दाङका सम्पूर्ण भूभागसहित सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालहरू देखिने भएकाले पनि पर्यटक आउन थालेका छन् । त्यत्तिमात्र होइन, राजाकोटबाट बबई, राप्ती नदी, बाँकेका विभिन्न भूभागको अवलोकन पनि गर्न सकिन्छ ।

पछिल्लो समय राजाकोटलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको दङ्गीशरण–२ गोल्टाकुरीका प्रकाश डाँगीले बताए । “यो क्षेत्र अवलोकनका हिसाबले रमणीय ठाउँ हो, त्यसैले पनि यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिन्छ”, उनले भने । 

राजाकोट दङ्गीशरण राजाले औलो लाग्दा बस्ने गरेको ठाउँका रूपमा रहेको स्थानीय चक्रमिलन विश्वकर्माले बताए । उनका अनुसार सोही ठाउँमा टेलिकमको पुरानो टावर पनि छ । 

गोल्टाकुरीबाट पाँच किलोमिटर पैदल हिँडेपछि राजाकोट पुग्न सकिन्छ । नजिकै कुनै बेला हाटबजार जाँदा रुकुम, सल्यान, रोल्पाका नागरिकले प्रयोग गर्ने तिलकन्या नाका भएकाले पनि यो क्षेत्र पर्यटकीय हिसाबले उत्तम रहेको स्थानीय देवीराम कुसारीले बताए । 

जहाँ विभिन्न स्थानका आन्तरिक पर्यटकले शनिबार ‘हाइकिङ’समेत गरेका थिए । गोल्टाकुरीबाट दुई घण्टामा पैदल हिँडेर त्यहाँ पुगेका थिए । सोही स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि पहल गर्ने दङ्गीशरण गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीले बताए । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर