नेभिगेसन मेनु

आज हरिबोधनी एकादशी, लमजुङमा मेलाको तयारी
सम्पादक:南亚网络电视
समय:2025-11-01 12:14

 

 yekadashi-fulko-dori-tardai

लमजुङ, कात्तिक १५ गते । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व लमजुङका विभिन्न स्थानमा धुमधामले मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको शनिबार विवाह गरी मनाइने धार्मिक प्रचलन छ ।

हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठुलो एकादशी हरिबोधनीलाई मान्ने गरिन्छ । हरिशयनीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । असार शुक्ल एकादशीको दिन भगवान् विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ । एकादशी पर्वको अबसरमा मर्स्याङ्दीको खुदीबेनी, भोटेओडारको बेलघारी, सुन्दरबजारको पाउँदी र मध्यनेपालको शिसाघाटमा फुलको डोरी तार्ने भव्य तयारी गरिएको स्थानीयले बताएका छन् ।

मर्स्याङ्दी गाउँपालिका–३ खुदीबेनीमा एकादशीको अवसरमा चर्चित गायक प्रकाश दुतराजसहितका कलाकारहरुको सांगितिक प्रस्तुतीसहितको कार्यक्रम आयोजना गरिएको छ । छेलो हान्ने, डोरी तान्ने र वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक खुदी युथ क्लबका सचिव अविनास भण्डारीले बताउनुभयो ।

हिन्दु धर्ममा कात्तिक शुक्लपक्षको प्रबोधनी एकादशीको व्रत बस्नाले पापको नास, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूर्य यज्ञको फल प्राप्त हुने जनविश्वास छ ।

असार शुक्ल एकादशीका दिनदेखि क्षीर सागरमा सयन गरेका भगवान विष्णु चार महिनापछि आजका दिन जागा हुने भएकाले यस दिनलाई हिन्दु धर्मावलम्बीले विशेषरुपमा मनाउने गर्छन् । चार महिना हिन्दु धर्मावलम्बीले चतुर्मास पुराण सुन्ने गरेका छन् । भगवान विष्णुको सयनका यी चार महिनामा विवाह, यात्रा आदी माङ्गलिक कार्यलाई निषेध गरिएको छ । आजकै दिन गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् । तसर्थ, आजका दिनलाई तुलसी विवाह भन्ने प्रचलन पनि रहेको पंण्डित घनश्याम सुवेदीले बताउनुभयो ।

तुलसीलाई विष्णुप्रिया पनि भनिन्छ । तुलसीको मठलाई गोवरमाटोले लिपपोत गरी सेतो, रातो, पहेँलो बस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गर्दछन् । हिन्दु धर्मानुसार तुलसीको ज्यादै ठुलो महिमा छ । कात्तिक महिनाभरि सम्पूर्ण तीर्थसहित देवताहरू तुलसीमा बास गर्दछन् । जुन घरमा तुलसीको मठ हुन्छ, त्यो घर तीर्थ समान हुने भएकाले सो घरमा यमदुतको प्रवेश हुँदैन, एउटा तुलसीपत्र भगवान विष्णुलाई अर्पण गरेमा १० हजार गोदान गरेसमान फल प्राप्त हुने गरुड पुराणमा उल्लेख छ ।

तुलसीको धार्मिक–सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्त्वमा यसको पात, डाँठ तथा फूलको रस रुघाखोकी, औँलो रोग ठीक गर्न प्रयोग गरिन्छ । तुलसीको हावा मात्रले विषालु कीटाणु नास हुने जनविश्वास रहेको पाइन्छ । हरिबोधनी एकादशीका अवसरमा मुलकभर विष्णु मन्दिर तथा त्रिवेणीमा मेला लाग्दछ । यो एकादशीका दिन विशेष गरेर हिन्दु संस्कृतिअनुसार तुलसीको विवाह सम्पन्न गरी व्रतालुहरूले फलारको रूपमा पिंडालु र सक्खरखण्ड आदि कन्दमूल खाने प्रचलन रहेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर