नेभिगेसन मेनु

कपिलवस्तु बस दुर्घटना, एकको मृत्यु, ५ जना घाइते
सम्पादक:南亚网络电视
समय:2025-10-30 11:42

 

 Accident

बुटवलमा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ वनकसबासमा भएको बस दुर्घटनामा एक जनाको  मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेका अनुसार काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा. प्र. ०१-००६ ख ८५०६ नम्बरको यात्रु बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनाका क्रममा बसले बाटोमा हिँडिरहेका एक पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

अन्दाजी ५०–५५ वर्षका पहाडी मूलका ती पुरुषलाई उपचारका लागि चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।मृतकको परिचय भने खुल्न बाँकी रहेको छ ।

बसमा सवार पाँचजना यात्रु घाइते भएका छन् । उनीहरूको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर