नेभिगेसन मेनु

उच्च प्राथमिकतामा नीतिगत सुधार
सम्पादक:南亚网络电视
समय:2025-11-01 11:49

 

 PHOTO-2025-10-31-15-39-17

काठमाडौँ, कात्तिक १५ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले नीतिगत सुधारका कामलाई उच्च प्राथमिकतामा राखेको र केही सुधारका काम निजी क्षेत्रले अनुभव गर्ने गरी भइसकेको बताउनुभएको छ । जेनजी आन्दोलन र त्यस क्रममा भएको जनधनको क्षतिले निजी क्षेत्रमा परेको असर, लगानीकर्ताले गरेको अनुभव एवं विद्यमान अवस्थाबाट अगाडि बढ्न गरिनुपर्ने पहलका सम्बन्धमा लगानी बोर्ड र नेपाल उद्योग परिसङ्घले शुक्रबार आयोजना गरेको सार्वजनिक निजी संवादलाई सम्बोधन गर्दै उहाँले लगानी र लगानीकर्ताको सुरक्षाको विषयमा शङ्का नगर्न स्वदेशी एवं विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो ।

संवादमा गृहमन्त्री ओमप्रकाश अर्यालले निजी क्षेत्रले राखेको सुरक्षा प्रत्याभूतिको विषयलाई गृह मन्त्रालयले गम्भीर रूपमा लिएको बताउनुभयो । मुलुकमा सुशासन कायम गर्न अपरिहार्य रहेको चर्चा गर्दै उहाँले सुशासनका सम्बन्धमा सरकारसँगै निजी क्षेत्रमा पनि सुधार आवश्यक रहेको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हाले कुनै पनि निकायमा रोकिएका काम सम्पन्न गर्न तीव्र गतिमा काम गरिरहेको बताउनुभयो । कानुन नै सुधार गर्नुपर्नेबाहेकका प्रक्रियागत सुधारलाई उच्च प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य रकम रहेको हुँदा लगानीका लागि राम्रो अवसर रहेको बताउनुभयो । उहाँले लगानीका लागि आग्रह गर्दै विशेष गरी पूर्वाधार क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीलाई अत्यन्त दुखित एवं चिन्तित बनाएको बताउनुभयो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजनाका लगानीकर्ता तथा विकासकर्ताका लागि सहज व्यावसायिक वातावरण निर्माण गर्न लगानी बोर्डको कार्यालय सक्रिय र विवेकपूर्ण ढङ्गले कार्यरत रहेको तथा उक्त प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले हालैको जेनजी आन्दोलनले लगानीकर्ताको मनोबलमा पारेको प्रभावप्रति लगानी बोर्ड र समग्र राज्य संयन्त्र पूर्ण रूपमा सचेत रहेको उल्लेख गर्दै, सो चुनौतीलाई अवसरको रूपमा रूपान्तरण गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले नयाँ सरकार बनेपछि लगानीकर्ताका लागि लिएको नीति एवं सरकारले गर्न लागेको सुधारका विषयमा र नेपाल उद्योग परिसङ्घका तर्फबाट वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीले  अर्थतन्त्रका चुनौती, अवसरसँगै सरकारले निजी क्षेत्रलाई कसरी प्रोत्साहन गर्न सक्छ भन्ने विषयमा प्रस्तुतीकरण दिनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर