नेभिगेसन मेनु

मूर्ति बनाउन भ्याइनभ्याइ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-04 12:39

9

माघ २१ गते । सुनसरीका मूर्तिकारलाई श्रीपञ्चमी अर्थात् सरस्वती पूजा नजिकिएसँगै सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ ।  गढी गाउँपालिका–३ का कमलकिशोर शर्मा आफ्नो सिपलाई प्रयोग गर्दै कलात्मक मूर्ति बनाउन व्यस्त रहेको बताउनुहुन्छ । आगामी फागुन २ गते हुने पूजाका लागि शर्मा जस्तै सुनसरीका अन्य मूर्तिकारलाई यतिबेला भ्याइनभ्याइ छ । 

जिल्लाका विभिन्न ठाउँमा पुसदेखि नै सरस्वतीको प्रतिमा बनाउने काम धमाधम चलिरहेको छ । इनरुवा नगरपालिका–९, बबियाका ३५ वर्षीय विनोजकुमार यादवले पुस अन्तिमदेखि हालसम्म ६० वटा र आगामी २९ गतेसम्म ८२ प्रतिमा बनाइसक्ने गरी काम भइरहेको बताउनुभएको छ । गत वर्ष ५० मूर्ति बनाएकामा यादवले यस वर्ष ८२ वटा मूर्ति बनाउने योजना बनाउनुभएको छ ।  

कोशी–१ का शङ्कर पण्डितले पनि ६० वटा मूर्ति बनाइसक्ने गरी काम भइरहेको बताउनुभएको छ । सरस्वती पूजामा मूर्तिको प्रयोग हुने भएकाले त्यसलाई सहज बनाउने र अर्थोपार्जन गर्ने उद्देश्यले आफूहरू माटोबाट कलात्मक प्रतिमा बनाउन थालेको इनरुवा–९ का विजय पण्डितले बताउनुभयो । उहाँले १० वर्षदेखि हरेक सरस्वती पूजाको समयमा यस्तै काम गर्ने गरेको बताउनुभयो । 

जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय र शैक्षिक प्रतिष्ठानमा सरस्वतीको मूर्ति राखेर पूजाआराधना गर्ने चलन छ । एउटा प्रतिमा बनाउन तीनदेखि पाँच दिनमा लाग्ने र त्यसबाट तीन हजारदेखि २० हजार रुपियाँसम्म आर्जन गर्न सकिने उहाँहरू बताउनुहुन्छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर