नेभिगेसन मेनु

भारतीय छाडा चौपाया नियन्त्रण गर्न ५ हजार जरिवाना
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-07 12:37

chaada-chauaya

पुस २२ गते । झापाको मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रका बासिन्दा रातको समयमा भारतबाट आउने जङ्गली हात्ती र दिनको समयमा छाडा चौपायाका कारण हैरानी बेहोर्न बाध्य भएका छन् ।

मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार एकातिर हात्तीले र अर्कोतिर भारतबाट आउने छाडा चौपायाका कारण अन्नबालीमा धेरै नै नोक्सानी हुन थालेको छ । सीमा क्षेत्रमा भारततर्फ जङ्गल रहेको छ । जङ्गलमा खुला चरणका लागि भारतीयले गाईबस्तु छाड्ने र ती गाईबस्तु सोझै नेपाली बालीमा आउने गरेको बताइएको छ ।

भारतीय किसानले गोठाला बेगर नेपाली बालीमा दिनरात गाईबस्तु छाड्ने गरेकाले यो नियण्त्रणकालागि वडाले जरिवाना तोकेको पनि वडाध्यक्ष कार्कीले बताउनु भएको छ । हैरान भएपछि बाध्य भएर खुला चौपाया छाडेको पाइएमा ५ हजार जरिवाना तोकिएको उहाँले बताउनु भएको हो ।

पीडित नेपाली किसानहरूले भारतबाट नेपाल चरणका लागि आएका २० वटा भन्दा बढी छाडा चौपाया लिएर वडा कार्यालय आएर धर्ना दिएपछि नियन्त्रणका लागि प्रयास स्वरूप जरिवाना गर्ने निर्णय लिनु परेको पनि कार्कीले स्पष्ट पार्नु भयो । 

यस विषयमा सीमा क्षेत्रका किसानहरूलाई पनि वडा कार्यालयले जानकारी दिएको वडा कार्यालयले जनाएको छ । त्यस्ता चौपाया नियन्त्रणमा लिएर राखिने र जरिवाना तिरेर मात्र लैजान पाउने उहाँको भनाई छ । हात्ती त नियन्त्रणमा लिन सकिने भएन तर छाडा चौपाया नियन्त्रणमा लिन सकिन्छ, कार्कीले भन्नुभयो ।

स्थानीय अर्जुन रानाका अनुसार सीमा क्षेत्र भारतबाट आउने गाईबस्तुले सबै बालीनाली खाइदिने डरले कतिपय किसानले खेत बाझै राख्ने गरेका छन् । खेतीभन्दा टाढा घर भएकाहरूले खेती नै लगाउन छाडेको उहाँले जनाउनु भयो । हात्ती र छाडा चौपायाका कारण दिन रात नभनी खेतमा बस्नु पर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर