नेभिगेसन मेनु

युवा व्यवसायीद्वारा शैक्षिक सामग्री सहयोग
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-22 12:50

12

पुस ६ गते । धनकुटा पाख्रिवासका एक युवाले स्थानिय विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । धनकुटाको हिलेमा होटल व्यवसाय गर्दै आउनु भएका पाख्रिवास नगरपालिका–३ का सुवास तामाङ्गले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

उहाँले पाख्रीवास ३ कै स्थानिय अनिवार्य निःशुल्क आधारभुत विद्यालय र पञ्चकन्या प्राविका ८३ विद्यार्थीलाई सहयोग गर्नु भएको छ । उहाले कापी कलम व्यागलगायत करीब ५० हजार रुपियाँ बराबरको सामग्री सहयोग गर्नु भएको हो ।

बिहीबार एक कार्यक्रम गरी पाख्रिवास नगरपालिकाको उपप्रमुख नम्रता गौतम र पाख्रिवास नगरपालिका ३ का वडाध्यक्ष सरोज राई आतिथ्यता तथा स्थानिय समाजसेवी विशाल तामाङ्ग, सुन्दर तामाङ्ग, अमित राई र महेन्द्रराई लयागतले सो सामग्री विद्यार्थीलाई हस्तान्तरण गरेको हो ।

विद्यार्थीलाइ प्रोत्साहन गर्न तथा युवामा सहयोग गर्नुपर्छ भन्ने भाब जगाउन यो कार्य गरिएको सहयोगकर्ता सुवास तामाङ्गले बताउनु भयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर