नेभिगेसन मेनु

फुङ्लिङमा चासोक तङ्नाम मनाइयो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-18 12:45

sxdbh

मङ्सिर २ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी पर्व) मनाएका छन् । न्वागी पूजा, शुभकामना आदानप्रदानलगायत विभिन्न कार्यक्रम गरी लिम्बू समुदायले चासोक तङ्नाम मनाएका हुन् ।

  जिल्लास्थित युमा साम्यो महासभा नेपाल र याक्थुङ चुम्लुङको संयुक्त आयोजनामा शुक्रबार फुङ्लिङमा चासोक तङ्नाम मनाइएको हो । मौलिक भेषभूषामा सजिएर सहभागी लिम्बू समुदायका नागरिकको सांस्कृतिक र्यालीद्वारा फुङ्लिङ बजार परिक्रमा गरिएको थियो ।बजार परिक्रमापछि सामुदायिक भवन (सिटी हल) मा पुगेर औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।

धान्य पूर्णिमा अर्थात उधौली पर्वलाई लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी पर्व) का रूपमा मनाउने गर्दछन् । फुङ्लिङमा भने मङ्सिर महिनाको पहिलो दिन अर्थात १ गते चासोक तङ्नाम मनाउने पूर्वयोजना अनुसार कार्यक्रम आयोजना गरिएको याक्थुङ चुम्लुङ, जिल्ला शाखाकी अध्यक्ष हाङमाया लेछर्बोले जानकारी दिनुभयो ।  सामुदायिक भवनमा आयोजित औपचारिक कार्यक्रममा प्रतिनिधि सभा सदस्य लीलादेवी बोखिम, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै बहुसंस्कृति रहेको देशमा जातीय संस्कृतिहरु साझा सम्पत्ति भएको वक्ताहरुले उल्लेख गर्नुभयो । आफ्नो संस्कृति र पहिचानको संरक्षणका लागि विभिन्न समुदायले गर्दै आएको भूमिका सह्रानीय रहेको पनि उहाँको भनाइ थियो । तङ्नाममा केःलाङ (च्याब्रुङ नाच), याःलाङ (धान नाच) लगायतका विधामा प्रतियोगितात्मक प्रस्तुति गराइएको आयोजकले जनाएको छ । यस्तै सांस्कृतिक प्रस्तुतिहरू हाक्पारे, ख्यालीसँगै येवा लाङ (धामी नाच), फेदाङ्मा नाचहरू प्रदर्शन गरिएको थियो । नयाँ अन्नबाली भित्रायाएपछि किराँत लिम्बू समुदायमा देवतालाई चढाएर अर्थात न्वागी गरेर मात्र खान (उपभोग गर्न) थाल्ने परम्परा भएकाले न्वागी पर्वका रूपमा चासोक तङ्नाम मनाउने गरिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर