नेभिगेसन मेनु

खोटाङमा ५ वर्षीया बालिका बलात्कृत, अवस्था नाजुक
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-01 13:32

mahila-himsa02

खोटाङ,  असोज १४ गते । खोटाङमा ५ वर्षीया बालिकालाई २४ वर्षीय युवकले बलात्कार गरेका छन् । शनिवार बलात्कृत भएकी बालिकाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ । 

बालिकाको योनिबाट निरन्तर रक्तस्राव भइरहेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो । चिसापानीबाट रेफर गरिएपछि बालिकालाई उपचारका लागि रातारात उदयपुर लगिएको हो । बालिकाको अवस्था नाजुक रहेको बताइएको छ । 

नजिकै रहेको आफन्तको घरमा शनिवार खेल्न गएकी बालिका बलात्कृत भएकी हुन् । बालिका बलात्कार गर्ने जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनले मोबाइलमा अश्लील भिडियो देखाएर बालिकालाई बलात्कार गरेको बताइएको छ । 

बालिका बलात्कार गरेर लुकिछिपी बसिरहेका राईलाई शनिवार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर