नेभिगेसन मेनु

एमाले कोशीमा नेतृत्वका लागि चार आकाङ्क्षी, अधिवेशन आजबाट सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-29 13:28

bijhbhj

विराटनगर, असोज १२ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन आजबाट विराटनगरमा सुरु हुँदै छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित होटेल मनासलुमा अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली केही बेरमा विराटनगर आउँदै हुनुहुन्छ । 

अधिवेशनको सबै तयारी पूरा भइसकेको एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । अधिवेशनमा एक हजार ४७ जना प्रतिनिधिले भाग लिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । यद्यपि प्रदेश कमिटीले मनोनयन गर्ने कोटाका ५० जना प्रतिनिधि अहिलेसम्म छनोट गरेको छैन । त्यसबाहेक ९९७ जना प्रतिनिधिहरू विभिन्न जिल्ला, महानगर, जन वर्गीय सङ्गठनहरूबाट चुनिएर आइसकेको उहाँले जानकारी दिनुभयो । 

शुक्रवार र शनिवार अधिवेशन गर्ने निर्णय गरिएको भए पनि सर्वसम्मतिबाट नयाँ नेतृत्व नटुङ्गिएमा निर्वाचन प्रक्रियामा जानुपर्दा अधिवेशन लम्बिन सक्ने उहाँले बताउनुभयो । यस्तै कोशी प्रदेशमा देखिरहेको पहिचानको मुद्दाको विषयमा पनि अधिवेशनमा छलफल हुने न्यौपानेले बताउनुभयो । 

अधिवेशनमा विभिन्न पदमा आकाङ्क्षा राखेका नेताहरूबिच सहमति बनाउन प्रयत्न गर्ने र सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व छान्ने प्रयत्न गर्ने अध्यक्ष न्यौपानेले बताउनुभयो । सहमति बन्न नसकेको अवस्थामा प्यानल नबनाई व्यक्तिगत रूपमा उम्मेदवारी दर्ता गरी निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने उहाँले जानकारी दिनुभयो । अधिवेशनबाट पाँच जना पदाधिकारीसहित २२५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछन् । 

मुलुक सङ्घीयतामा गएपछि पहिलो पटक प्रदेश कमिटीको अधिवेशनमा गएको नेकपा एमाले कोशी प्रदेशको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष न्यौपानेसहित चार जना केन्द्रीय नेताहरुनै आकाङ्क्षी हुनुहुन्छ । अध्यक्ष पदमा विनोद ढकाल, घनश्याम खतिवडा  टीका चेम्जोङ र तुलसीप्रसाद न्यौपानेले आकाङ्क्षा राख्नुभएको छ । अन्तिम समयमा नेताद्वय खतिवडा र ढकालबिच प्रतिस्पर्धा हुने सम्भावना बढी रहेको एमाले पङ्क्तिको बुझाइ छ । 

झन्डै तीन दशकदेखि पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहमा रहनुभएका ढकालले प्रदेश अध्यक्ष बन्ने तयारी गर्दा पार्टी अध्यक्षबाट अहिलेसम्म समर्थन पाउनुभएको छैन । अध्यक्ष ओली खतिवडालाई प्रदेशको अध्यक्ष बनाएर अघि बढ्ने तयारीमा  रहनुभएको बताइन्छ । खतिवडा विगतमा लामे समय माधवकुमार नेपाल समूहमा रही आठौँ महाधिवेशनदेखि अध्यक्ष ओलीको समूहमा आबद्ध हुनुभएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर