नेभिगेसन मेनु

पाकिस्तानसँगको पहिलो खेलमा रणनीति विहिन नेपालको प्रस्तुति
सम्पादक:南亚网络电视
समय:2023-08-31 14:23

5

बुधबार पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा भएको खेलमा नेपाल २३८ रनले पराजित भएको हो। पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २३.४ ओभरमा १०४ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६,, गुल्सन झाले १३ रन बनाए। अन्य खेलाडले दोहोरो अंक पनि जोड्न सकेनन्।

पाकिस्तानका लागि शदाब खानले चार, शहीन साह अफ्रिदी र हरिश रउफले दुई दुई तथा नसीम शाह र मोहम्मद नवाजले एक एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको पाकिस्तानले ६ को क्षतिमा ३४२ रन बनाएको थियो। पाकिस्तानका लागि बाबर आजम र इफ्तिखर अहम्दले शतक प्रहार गरे।

कप्तान आजमले १३१ बलमा १५१ रन बनाए। उनले १४ चौका र चार छक्का प्रहार गरे। त्यस्तै, अहम्दले ७१ बलमा १०९ रन बनाए। उनले ११ चौका र चार छक्का प्रहार गरे।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ४४, फखर जामनले १४, इमाम-उल हक र अघ सल्मानले पाँच-पाँच तथा सदाब खानले चार रन बनाए।

नेपालका लागि सोमपाल कामीले दुई, करण केसी र सन्दीप लामिछानेले एक-एक विकेट लिए। नेपालले अर्को खेलमा भदौ १८ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ।

6

2

3

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर