नेभिगेसन मेनु

नरेनको सानदार शतकमा मलेसियाविरुद्ध नेपालको मजबुत स्कोर
सम्पादक:南亚网络电视
समय:2023-07-04 13:20

thumb (5)

काठमाडौँ — नरेन भट्टले सानदार शतक बनाएपछि नेपालले एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा मलेसियाविरुद्ध मजबुत स्कोर बनाएको छ । नरेनले ८२ बलमै १ सय रन पूरा गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ८ विकेट गुमाई २ सय ५२ रन बनाएको छ ।

मलेसियामा भइरहेको प्रतियोगितामा नरेन १ सय १२ रन बनाई अविजित रहे । उनले ८९ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । नरेन र सन्तोष यादवले पाँचौं विकेटमा शतकीय साझेदारी गरेपछि नेपाल विशाल स्कोर बनाउन सफल भयो । सन्तोष २६ रनमा आउट भएपछि १ सय ४ रनको यो साझेदारी टुटेको थियो । उनले २९ बल खेल्दै २ चौका प्रहार गरे ।

नेपालले समूहचरणमै पनि मलेसियालाई ८४ रनले पराजित गरेको थियो । तल्लोक्रममा अशोक धामीले ३६ बल खेली ३ चौका र ५ छक्का प्रहार गरेपछि नेपाल ३३.४ ओभरमा १ सय ८३ रनमा अलआउट भएको थियो । जवाफमा आएको मलेसियालाई नेपालले ३०.५ ओभरमा ९९ रनमा अलआउट गरेको गरेको थियो ।

उमेर समूहको क्रिकेट नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । यसपटक नेपालले उपाधि जित्दै ह्याट्रक गर्ने लक्ष्य राखेको छ ।

एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।

नेपालले २०१७ मा रित गौतमको कप्तानीमा सिंगापुरलाई फाइनलमा हराएर उपाधि जितेको थियो भने २०१९ मा मलेसियालाई नै हराएर च्याम्पियन बनेको थियो ।

यसअघि समूह चरणको खेलमा नेपालले मलेसियालाई फराकिलो अन्तरमा पराजित गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर