नेभिगेसन मेनु

दीपेन्द्र र वर्षालाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड
सम्पादक:南亚网络电视
समय:2023-07-01 16:42

ण

धनगढी, असार १५ गते । क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओलीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्नु भएको छ । खेलकुद पत्रकार मञ्च कैलालीद्वारा शुक्रबार धनगढीमा आयोजित एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड कार्यक्रममा उहाँहरु विजेता घोषित भइ उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्नुभएको हो । दीपेन्द्रको अनुपस्थितिमा उहाँको दिदीले अवार्ड ग्रहण गर्नुभयो । 

वर्ष उत्कृष्ट खेलाडी अवार्ड विजेता दुवै जनाले जनही ३५-३५ हजार रुपियाँ पुरस्कारसहित ट्रफी प्राप्त गर्नु भएको छ । वर्ष उत्कृष्ट खेलाडी विधामा पुरुषतर्फ दीपेन्द्रसहित एथ्लेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरी पनि मनोयनमा पर्नु भएको थियो । यस्तै, यसै विधामा महिलातर्फ वर्षासहित क्रिकेटकी बिन्दु रावल र एथ्लेटिक्सकी राजपुरा पछाई मनोनयनमा पर्नु भएको थियो । 

यसैगरी, वर्ष प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षक जगत टमटाले आफ्नो पोल्टामा पार्नु भएको छ । उहाँलाई ३० हजार रुपियाँ पुरस्कारसहित ट्रफी प्रदान गरिएको छ । यो विधामा कुस्तीका राजेन्द्र चन्द र भारोत्तोलनका जीवन गौतम पनि मनोनयनमा पर्नुभएको थियो । 

स्पेशल अवार्ड कुस्तीका प्रशिक्षक राजेन्द्र चन्द र कराते प्रशिक्षक आनन्द कामीले प्राप्त गर्नुभएको छ । भलिबल प्रशिक्षक सहदेव विष्टलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उहाँहरुले जनही २५ हजारका दरले पुरस्कार प्राप्त गर्नु भएको छ । 

युवा वर्ष खेलाडीको अवार्ड क्रिकेटका हेमन्त धामीले जित्नुभएको छ । उहाँले २५ हजार रुपियाँसहित ट्रफी प्राप्त गर्नुभयो । यस्तै, सुदूरपश्चिम आइकन महिला खेलाडी र सुदूरपश्चिम पुरुष आइकन खेलाडीको अवार्ड क्रमशः फुटबलकी दीपा रोकाया र फेन्सिङका जलेन्द्र शाहीले जित्नु भएको छ । विजेताहरुलाई जनही २० हजार रुपियाँका दरले पुरस्कारसहित ट्रफी प्रदान गरिएको छ । 

खेलाडी र प्रशिक्षकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ खेलकुद पत्रकार मञ्च कैलालीले विगत चार वर्षदेखि स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । मञ्चले विभिन्न आठ बिधामा अवार्ड वितरण गरेको अध्यक्ष प्रदीप पाठकले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर