नेभिगेसन मेनु

प्रभावकारी केबल व्यवस्थापनका लागि ‘युटिलिटी डक्ट’को पनि व्यवस्था गरिने
सम्पादक:南亚网络电视
लेखक:बिशाल श्रेष्ठ
समय:2023-05-10 19:35

图片_20230510170158

काठमाडाैँको रातोभाले स्थित कला परिसद अगाडिको अनावशेक तार काट्ने काम भइरहेको छ ।तस्बिर-बिशाल श्रेष्ठ/एस ए टि भि

का.म.पा.का मेयर बालेन शाहाले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) र इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाइ पोल व्यवस्थापनका लागि तार हटाउन अल्टिमेटम दिए पश्चात गत वैशाख २५ गते देखि सुरू भएको सो कामले हाल तिव्रता पाएको छ।

图片_20230510170210

महानगर र नेपाल प्रहरीको सहकार्यमा प्राविधिकहरूले अनावशेक तार काट्दै।तस्बिर-बिशाल श्रेष्ठ/एस ए टि भि

बबरमहल, माइती घर, न्युरोड र असन लगायतका विभिन्न स्थानहरुमा बागदरबारबाट खटाइएका महानगर प्रहरी लगायत आईएसपीका अन्य कम्पनीको प्राभिधिकको सहायतामा काम भइरहेको हो। बिजुलि र इन्टरनेटकोलागि फरक फरक ४ कामदारको समुह बनाएर खटाइएको छ, आफ्नो आफ्नो भागको तार काट्दै जाने भएकोले काम सहज र छिटो भइरहेको,इन्टरनेट कम्पनि वल्डलिङ्कका कर्मचारीले जानकारि दिएका छन् । यहि गतिमा काम भइरहे तिन महिना भित्रमा काठमाडाैँको मुहार फेरिने संभावना रहेको उनी बताउछन् ।

图片_20230510170204

आईएसपी कम्पनीको प्राभिधिकद्वारा न्युरोडका अव्यवस्थित तारहरू पन्छ्याउदै ।तस्बिर-बिशाल श्रेष्ठ/एस ए टि भि

आगलागीबाट बच्न र शहरलाई सुन्दर बनाउनका लागि अतिरिक्त केबल टिभी, इन्टरनेट र टेलिकमका तार हटाउन महानगरले माग गरेको थियो। प्राधिकरणले एकैपटक काम गर्न गाह्रो भएको बताए पनि मेट्रोको मागलाई भने सम्बोधन गरिरहेको छ । यसै बिच प्राधिकरणले काठमाडौंमा प्रभावकारी केबल व्यवस्थापनका लागि ‘युटिलिटी डक्ट’को पनि व्यवस्था गरिरहेको छ ।

 एनटीए बीचको बैठकमा आईएसपीका प्रतिनिधि र काठमाडौं मेट्रोले वैशाख २५ गतेदेखि तार व्यवस्थापन सुरु गर्ने सहमति गरेपछि सोमबार बिहान ८ बजेदेखि सडक छेउका खम्बामा टाँसिएका तार हटाउने काम थालिएको थियो । अहिले माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा धमाघम काम भइरहेको छ ।

प्राधिकरणले काठमाडौं भित्रका अनावश्यक तार हटाउने कामको मार्ग योजना यस प्रकार सार्जवनिक गरेको थियो । यस क्षेत्रमा माइतीघरदेखि विमानस्थल, त्रिपुरेश्वरदेखि महाराजगञ्ज, न्यूरोडदेखि वसन्तपुर हुँदै असन, माइतीघरदेखि पुतलीसडक हुँदै नारायणहिटी, भद्रकालीदेखि नारायणहिटी हुँदै कमलादीदेखि रानीपोखरीसम्म पर्दछन् ।

त्यसैगरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवनेश्वर हुँदै डिल्लीबजार–आनामनगर, शितलनिवास हुँदै नखकाल–बालुवाटार, कलङ्की हुँदै माइतीघर–त्रिपुरेश्वर, सामाखुसी हुँदै लैनचौर–अस्कल–रानीबारी, सोह्रखुट्टे–ढल्को–ताहचाल हुँदै गौषभूमि  र कालीमाटी– केबल व्यवस्थापनका लागि कुलेश्वर हुँदै बल्खुको रुट प्लान तय गरिएको प्राधिकरणले आफ्नो वेबसाइट मार्फत जानकारी गराएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर