नेभिगेसन मेनु

बन्दीपुरमा झैझगडाको क्रममा एकजनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2025-11-05 12:02

 

 death-1

तनहुँ, कात्तिक १९ गते । तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुन भञ्याङमा भएको झैझगडामा एकजनाको मृत्यु भएको छ । 

 जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय ७० वर्षीय खिमबहादुर गुरुङ र ५८ वर्षीय खुसीमान गुरुङबीच आइतबार साँझ झैझगडा भएको थियो ।

झगडाका क्रममा खिमबहादुरले चिरपट प्रहार गर्दा खुसीमानको टाउकोमा चोट लागी गम्भीर घाइते हुनु भएको थियो । 

घाइतेलाई उपचारका लागि तत्काल बन्दीपुर अस्पताल लगिएको थियो। टाउको र दाहिने खुट्टामा चोट लागेको खुसीमानलाई प्राथमिक उपचारपछि थप उपचारका लागि  पोखरा पठाइएको थियो ।

पोखरास्थित फिस्टेल अस्पतालमा उपचारको क्रममा राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव गण्डकी अस्पताल, पोखराको शवगृहमा राखिएको छ ।कुटपिट गर्ने खिमबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर