नेभिगेसन मेनु

एभरटनसँग सन्डरल्यान्डको बराबरी
सम्पादक:南亚网络电视
समय:2025-11-04 12:20

 

 epl-04112025021537-1000x0

काठमाडौँ — सन्डरल्यान्डले इंग्लिस प्रिमियर लिगमा सोमबार राति एभरटनलाई १–१ को बराबरीमा रोकेको छ र यस नतिजासँगै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ ।

स्टेडियम अफ लाइटमा भएको खेलमा एभरटनले इलिमन एडिएयको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । त्यसपछि ग्रानिट जाकाले दोस्रो हाफमा सन्डरल्यान्डका लागि बराबरी गोल फर्काए ।

सन्डरल्यान्डको १० खेलबाट १८ अंक भएको छ । उसको अगाडि आर्सनल २५, म्यानचेस्टर सिटी १९ र लिभरपुल १८ अंकमा रहेका छन् ।

बढुवा भएर प्रिमियर लिग आएको सन्डरल्यान्ड आफ्नो घरेलु मैदानमा यस सिजन अपराजित छ र यससँगै उनको बलियो सुरुआत कायम रह्यो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर