नेभिगेसन मेनु

कन्फ्युसियस इन्स्टिच्युटले अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस २०२३ टी. युमा मनाउँदै
सम्पादक:南亚网络电视
समय:2023-04-20 19:53

IMG_8722

नेपालको लागि चीनका राजदूत चेन सोङ सहित कार्यक्रमका सबै विशेष अतिथिहरू,  टी. यू (तस्बिर: विशाल श्रेष्ठ, SATV)

कन्फ्युसियस इन्स्टिच्युटले अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस २०२३ को अवसरमा काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशनसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालयकाे प्राङ्गण भित्र २० अप्रिलमा उद्घाटन समारोह आयोजना गर्यो।यस वर्षको अन्तराष्ट्रिय चिनियाँ भाषा दिवसको नारा, " चिनियाँ: सभ्यताहरू बीचको संवादको विस्तार" रहेको छ।

सन् १९४६ देखि संयुक्त राष्ट्र संघको छवटा आधिकारिक भाषाहरूमध्ये एक रहेको संगठनमा बहुभाषिकता र सांस्कृतिक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले चिनियाँ भाषा दिवस मनाउँदै आएको छ।

IMG_8686

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पनि कार्यक्रममा आफ्नो सम्मानजनक उपस्थिति राखेका थिए । उनले प्रस्तुत गरे, "राष्ट्राध्यक्ष सी जिन फिङले एक अर्काको भाषा सिक्ने र एक अर्काको इतिहास र संस्कृति बुझ्दा दुई देशका जनता बीच आपसी समझदारी बढाउन मद्धत पुग्ने र मानव नियतिको समुदाय निर्माणमा योगदान पुग्ने कुरा औल्याउनु भयो।"

"हाल नेपालमा कन्फ्युसियस इन्स्टिच्युट र कन्फ्युसियस कक्षाकोठामा दस हजार भन्दा बढी विद्यार्थी भर्ना भएका छन् र थप अध्ययनका लागि चिनियाँ सरकारको छात्रवृत्तिमा प्रत्येक वर्ष एक सय भन्दा बढी नेपाली विद्यार्थी चीन जाने गरेका छन्", भनी सोङले वक्तव्य राख्नुभयो।

भाषाकै विषयमा थप जानकार गराउँदै, राजदूत सोङले भन्नुभयो, "धेरै नेपाली प्राथमिक र माध्यमिक विद्यालयको पाठ्यक्रममा चिनियाँ भाषा समावेश गरिएको छ र चिनियाँ भाषा सिकाउन सहयोग गर्न साठी जना स्वयमसेवी चिनियाँ भाषा शिक्षकलाई नेपालका विभिन्न भागमा पठाउने छौ" ।

नेपाल भाषा संस्थानका अध्यक्ष डा. गोपाल ठाकुरले कन्फ्युसियसवादको प्रेम र सहिष्णुताको विचारधारामा प्रकाश पारेका छन् । उनले नेपालमा दोस्रो रूपमा आधिकारिक त्रिविको कन्फ्युसियस इन्स्टिच्युटलाई सम्बोधन गर्दै ' चिनियाँ भाषा अहिले नेपालीको रोजगारीको भाषा हो’ भनेका छन् ।

भाषा संस्थानको प्रतिनिधित्व गर्दै श्री ठाकुरले थपे, “हामी भाषाहरूको दस्तावेजीकरण, विभिन्न क्षेत्रमा भाषाको प्रयोगका साथै मातृभाषामा आधारित बहुभाषिक शिक्षा, सञ्चारमाध्यमका साथै स्थानीय, प्रादेशिक भाषामा र गणतन्त्र राज्यको संघीय स्तरहरूमा सरकारी भाषाको रूपमा प्रयोग गर्ने प्रयास गरिरहेका छौं"।

IMG_8708

 त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका नेपाली निर्देशक बालमुकुन्द रेग्मी (तस्बिर: रिया श्रेष्ठ, SATV)

कार्यक्रममा  त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका नेपाली निर्देशक बालमुकुन्द रेग्मी र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका अध्यक्ष प्रा डा सुन झाङ्स्युले भिडियो भाषण मार्फत् सहभागीता जनाएका थिए । क्विङहाई मिन्जु विश्वविद्यालयका उपाध्यक्ष वाङ ग्याङले पनि भिडियो मार्फत वक्तव्य राखी आफ्नो सहभागिता जनाए।

IMG_8625

चिनियाँ र नेपाली गीतमा बालबालिकाको नृत्य प्रस्तुति, (तस्बिर: रिया श्रेष्ठ, SATV)

चिनियाँ र नेपाली गीतमा नृत्य प्रस्तुतिको साथमा यो दिवस मनाइएको थियो ।

IMG_8638

कार्यक्रममा दरबार हाईस्कुलका विद्यार्थीहरुको एक समूहले चिनियाँ भाषा र चिनियाँ भाषाको विशेष दिनलाई सम्मान गर्नका निम्ति  चिनियाँ गीत गाएका थिए ।

IMG_8649

चिनिया भाषाकाे विशेष दिनलाई मनाउँदै चिनिया भाषामै कविता वाचन गरेका विद्यार्थी बहिनीहरु  (तस्बिर: विशाल श्रेष्ठ, SATV)

IMG_8671

 चिनियाँ चिया उत्पादकले प्रयोगात्मक चिया बनाउने प्रस्तुति, टी. यू (तस्बिर: विशाल श्रेष्ठ, SATV)

चिनियाँ कविता वाचन र चिनियाँ चिया उत्पादकले प्रयोगात्मक चिया बनाउने प्रस्तुति दिएका थिए ।

IMG_8700

चिनियाँ गीत ‘स्वीट हनी’ संगै ‘ए कान्छा’ गीतको प्रस्तुति, टी. यू (तस्बिर: विशाल श्रेष्ठ, SATV)

फिनिक्स इन्स्टिच्युटले सांस्कृतिक आदानप्रदानको अवधारणा र यसको प्रवद्र्धनमा केन्द्रित रहेदै चिनियाँ गीत ‘स्वीट हनी’ संगै ‘ए कान्छा’ गीतलाई सुन्दर ढंगले गाएर प्रस्तुत गरेको थियो ।

प्रोग्रामका केही तस्बिरहरु:

IMG_8618

IMG_8637

IMG_8656

IMG_8666

IMG_8687

IMG_8655

IMG_8710

IMG_8628

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर