नेभिगेसन मेनु

राजनितिमा भुइमान्छेको जित
सम्पादक:南亚网络电视
समय:2023-04-26 15:20

Rabi-Lamichhane-RSP

चितवन २ र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सानदार जित निकालेको छ । रास्वपा सभापति रवि लामिछाने सर्वाधिक मतान्तरको रेकर्ड राख्दै चितवनबाट दोस्रोपटक अनुमोदित भएका छन्। 

Swarnim-Wagle1682347982

त्यसै गरि तनहुँमा कांग्रेसको विरासत भत्काउँदै डा. स्वर्णिम वाग्लेले जित हात पारेका छन् । वाग्ले एक महिनाअघि मात्रै कांग्रेसबाट विद्रोह गरेर रास्वपाका उम्मेदवार बनेका थिए ।

लामिछाने ४२ हजार नौ सय ६२ मतान्तरसहित निर्वाचित भएका छन् । उपनिर्वाचनमा कुल ७८ हजार ६ सय ६४ मत खस्दा उनले ५४ हजार एक सय ७६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार दुई सय १४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत पाए । ७७ हजार चार सय ६६ मत सदर हुँदा एक हजार एक सय ९८ मत बदर भए । 

लामिछानेले पाँच महिनामै निकटतम प्रतिस्पर्धीसँगको मतान्तर ३४ हजार तीन सय १२ बाट बढाएर ४२ हजार नौ सय ६२ पुर्‍याएका हुन् । तेस्रो रहेका एमालेका न्यौपानेको भन्दा ४३ हजार दुई सय ४० मत धेरै पाए ।

अघिलो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठको १४ हजार नौ सय ८८ मत पाएका थिए । अघिल्लोपटकको मतसँग तुलना गर्दा कांग्रेसको तीन हजार सात सय ७४ मत घटेको छ । त्यतिखेर एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत पाएका थिए । यसपटक एमालेको मत तीन हजार सात सय १६ मत घटेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर