नेभिगेसन मेनु

राप्रपाको अबरोधले संसद बैठक स्थगित
सम्पादक:南亚网络电视
समय:2023-05-10 14:29

1683697905_Untitled-4-1200x560

राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक अवरोध गरेपछि बैठक १५ मिनेट स्थगित भएको छ । बैठकको सुरुवातमै राप्रपाले आफ्ना कुराहरु राख्न नदिएको भन्दै रोष्टम घेराउ गर्दै अवरोध गरेका थिए ।

राेष्टम घेराउपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । 

बैठक सुरू भएपछि सभामुख  देवराज घिमिरेले बैठकमा बजेटपूर्वको छलफल हुने भन्दै बैठकमा शुन्य समयबाहेको समय नराखिएको जानकारी गराएका थिए। राप्रपाका सांसदहरु उठेर आकस्मिक समयको माग गरेका थिए।

कारबाही अगाडी बढाउ र राख्नु पर्ने विषयमाथी छलफल गरौं भन्दै सभामुखले राप्रपा सांसद्लाई बस्न अनुरोध गरेका थिए । तर राप्रपा सांसद्हरुले नाराबाजी गर्दै रोष्ट्रम नछोडेपछि १५ मिनेटको लागि बैठक स्थगित गरेको जानकारी सभामुख घिमिरेले दिएका थिए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर